२५ आश्विन २०८१, शुक्रबार
,
Latest
संस्कृति जोगाउन पिर्के पिङको संरक्षण दसैँ मान्न तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ: शंकर पोखरेल तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा नेपाल फर्किए सन्दीप, अमेरिकाको भिसाका लागि प्रयास गर्ने इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा काभ्रेमा सुख्खा पहिरोले बस र सुमो पुरियो, बीपी राजमार्ग पुन: अवरूद्ध एमाले मुख्यालय बनाउन भाटभटेनी प्रमुख मिनबहादुरबाट जग्गा प्रदान ,प्रधानमन्त्री ओलीद्वारा शिलान्यास विपद्मा काभ्रे: अधिक मानवीय तथा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रकालीमा सवारी पूजा गर्नेको भीड



अ+ अ-

काठमाडौँ । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ ।

वडा दशैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोई,पखाली गाडी सर्भिसिङ गरिन्छ । महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् । आजको दिन विशेषत: अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पूजाअर्चना गर्छन् । विधिवत रुपमा गरिने यो पूजालाई विशेष महत्वका रुपमा लिइन्छ ।

भद्रकालीमा सवारी पूजा गर्न पुग्नुभएका अर्जुनबहादुर कार्कीले परापूर्वकालदेखि नै मान्दै आएकाले आस्थाका कारण पूजा गर्न आएको बताउनु भयो । उहाँले शक्तिपीठको दर्शन पनि हुने र सवारीसाधन पनि पूजा गर्नुपर्ने भएकाले असत्यमाथि सत्यको जित हुने विश्वासअनुसार पूजा आरधना गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परापूर्वकालदेखि पूजा गर्दै आएका थियौँ । आवज पनि शक्तिपीठको दर्शन गर्न आएका हौँ । नवरात्रमा पूजा गर्दा असत्यमाथि सत्यको जित हुने विश्वासअनुसार पूजा आरधना गरिरहेका छौँ ।’

नवरात्रको महाअष्टमी/नवमीमा औजारहरुको पूजा गरेमा औजारहरु वा साधनहरु धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।