काठमाडौं । कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सरकारले समिती गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको छ।
समितिमा अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव रहेका छन् । समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्नेछ।
यस्तै मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णयसंगै कोरोना परीक्षण र उपचार पनि निस्शुल्क गर्ने भएको छ। कात्तिक २ देखि कोरोना परीक्षण र उपचार खर्च विपन्नबाहेक अरू आफैंले ब्यहोर्नुपर्ने निर्णय गरेपछि सरकारको आलोचना भएको थियो।











