८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

सात वर्षदेखि पुल अलपत्र

सात वर्षदेखि पुल अलपत्र
अ+ अ-

जाजरकोट  । छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो ।

सडक विभाग र आइएमइरआरसी कन्सलटेन्सी, ललितपुरको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाडबाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसकेका छन् । सदरमुकाम खलङ्गासँगै जोडिएको खोलामा पुल नबन्दा बाहिर जाने जिल्लाभरिका यात्रुले वर्षायाममा ठूलो सास्ती भोग्नु परिरहेको यात्रुको भनाइ छ ।

पुल नहुँदा बर्सेनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । रु तीन करोड लागतको पुल निर्माणका लागि सात वर्षअघि लुम्बिनी र आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको थिए । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा पुल निर्माण गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

परामर्शदाता कम्पनी आइएमइरआरसी कन्सलटेन्सीलाई रु सात लाखमा पुल डिजाइनको जिम्मा दिइएको थियो । अख्तियारी नहुँदा कम्पनीलाई कारवाही गर्न नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । “पुलको डिजाइन एक र निर्माणस्थलको लोकेसन अर्को हुँदा पुल निर्माणमा समस्या भयो”, उहाँले भन्नुभयो, “परामर्शदाता कम्पनीले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ, तर यहाँ २५ मिटरभन्दा बढी पुल बनाउने ठाउँ छैन ।”

छ वर्षअघि निर्माण कम्पनीले साइट हेर्ने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो । सडक विभागले उक्त डिजाइन रद्द गरी नयाँ डिजाइन ठेकेदार कम्पनीलाई दिएको छ । “नयाँ डिजाइन स्वीकृत भए पनि पुरानो दररेटअनुसार पुल निर्माण गर्न नसक्ने भन्दै ठेकेदारले काम अघि बढाएको छैन”, डिभिजन प्रमुख भट्टले भन्नुभयो, “अब वर्षा सकिएलगत्तै काम अघि नबढाए ठेकेदार कम्पनीको ठेक्का तोडेर नयाँ बोलपत्र आह्वान गरिनेछ ।” नयाँ डिजाइनअनुसार करिब रु तीन करोड लगानीमा २५ मिटरको पुल बन्ने उहाँले बताउनुभयो ।