८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

समावेशी शिक्षाको स्थिति प्रतिवेदन: स्थानीय तहलाई सक्रिय हुन सुझाव

समावेशी शिक्षाको स्थिति प्रतिवेदन: स्थानीय तहलाई सक्रिय हुन सुझाव
अ+ अ-

काठमाडौँ । कोभिड–१९ पछिको वैकल्पिक प्रणालीको शिक्षामा अपाङ्गता भएका बालबालिकाको पहुँच बढाउन स्थानीय तहमा समन्वयात्मक र सहयोगात्मक कार्य हुनुपर्ने देखिएको छ । मुलुकका सात प्रदेशमा अवस्थामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट भइरहेको समावेशी शिक्षामा अपाङ्गता भएका बालबालिकाको पहुँचबारे हालै गरिएको तयार गरिएको स्थिति प्रतिवेदनले त्यस्ता विद्यार्थीमा वैकल्पिक विधिबाट शिक्षा पाउन पर्याप्त पहुँच नभएकाले स्थानीय तह र सम्बन्धित पक्षबीचको समन्वय तथा सहयोग बढाउनुपर्ने आवश्यकता देखाएको हो । नेपालका लागि अष्ट्रेलियाली दूतावासको सहयोगमा अपाङ्गता मानवअधिकार प्रवद्र्धन समाजले गरेको अध्ययनबारे आज भर्चुअलरुपमा आयोजित अपाङ्गता अधिकारकर्मी तथा अधिवक्ता सुदर्शन सुवेदीले बौद्धिक अपाङ्गता, अटिजम, ड्राउन सिन्ड्रोम, पूर्ण अपाङ्गता भएका र सबै बालबालिकालाई शिक्षामा सहज पहुँचवृद्धिका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए । 

राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्वअध्यक्ष सुवेदीले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि वैकल्पिक शिक्षा पहुँचयोग्य नभएको जनाउँदै कमजोर आर्थिक स्थिति, इन्टरनेटको असुविधा र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा अभ्यस्तताको अभावका कारण पनि समस्या उत्पन्न भएको बताए । हाल विद्यालय तहमा अपाङ्गता भएका बालबालिका करीब ७५ हजार छन् । शिक्षाविद् डा वासुदेव काफ्लेले सरकारी संरचनाभित्र समावेशी नीति उचित हुनुपर्ने आग्रह गर्दै शिक्षामा नीतिमा मात्र नभई कार्यमुखी समावेशीताको कार्यान्वयनमा सरकार र सम्बद्ध निकाय लाग्नुपर्ने जनाए । उनले समावेशी शिक्षाको प्रभावकारिताका लागि शिक्षकको उचित प्रबन्ध र अभिभावक सचेतनाका लागि काम गर्नुपर्ने बताए । 
पूर्वाञ्चल विश्वविद्यालयका सामाजिक कार्यसमूहका अध्यक्ष प्रदिप्ता कादम्बरीले सरकारी नीति र निर्देशिकाको अभाव नभए पनि कार्यान्वयनका क्षेत्रमा देखिएका कमजोरी र असमन्वयको अन्त्य हुनुपर्नेमा जोड दिए। 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकृत नारद धमलाले यस क्षेत्रमा हालसम्म भएका कामबारे सकारात्मक मूल्याङ्कन गरी सुधानुपर्ने पक्षमा सम्बन्धित पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सञ्जाल (एआइएन) का अपाङ्गता कार्य समूहका संयोजक वीर नेपाली स्थानीय तहले लक्षित वर्गलाई  लाभ हुने गरी समन्वय र सहयोगलाई बलियो बनाउन प्रभावकारी सहजीकरण गनुपर्ने बताए । अष्ट्रेलिया अध्ययन गरेर फर्किएका दीपावली शर्माले आफूहरुले विदेशमा पढेका र देखेका शिक्षाका राम्रा अभ्यास तथा स्रोत साधनलाई स्वदेशको विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँचबारे विस्तृत र स्थलगत अध्ययन गरी नीतिगत सुझाव दिन आग्रह गरे।