काठमाडौंः इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनल खेल दुबई रंगशालामा आज मंगलबार साँझ हुँदैछ ।
यस खेलमा दिल्ली क्यापिटल्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । अन्तिम खेलमा पनि नेपाली युवा बलर सन्दीप लामिछानेले मौका पाएका छैनन् ।
दिल्ली क्यापिटल्स टिम
मार्कस स्टोइनिस, शिखर धवन, श्रेयस ऐयर (कप्तान), अजिन्क्य रहाणे, रिषभ पन्त, शिभरन हिटमायर, प्रबिन दुबे, अक्षर पटेल, रबिचन्द्रन अश्विन, कागिसो राबाडा र एनरिख नोर्ये
मुम्बई इन्डियन्स
क्वीन्टन डि कक, रोहित शर्मा, सूर्यकुमार यादव, इसान किशन, कायरोन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जयन्त यादव, नाथन कुल्टर–नायल, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह
यसअघि लिग चरणका दुई तथा प्लेअफको एक खेल गरी यस आइपिएल सिजनका सबै खेलमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियो । आजको खेलमा दिल्लीलाई मुम्बईमाथि बदला लिने अन्तिम मौका पनि हो ।
यसअघिका कुनै पनि संस्करणमा दिल्ली फाइनलमा पुगेको थिएन । यो पहिलो पटक दिल्ली फाइनलमा पुगेको हो ।










