१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

चर्चित अमेरिकी गायिका सिसी ह्युस्टनको निधन

चर्चित अमेरिकी गायिका सिसी ह्युस्टनको निधन
अ अ+ अ-

एजेन्सी । दुई पटकको ग्रामी अवार्ड विजेता तथा दिवंगत गायिका-अभिनेत्री ह्विटनी ह्युस्टनकी आमा सिसी ह्युस्टनको ९१ वर्षको उमेरमा निधन भएको छ ।

सिसीकी बुहारी प्याट ह्युस्टनले उनको मृत्युको जानकारी दिएकी छन् । उनले गायिका अल्जाइमर्सबाट पीडित रहेको बताइन् ।

उनको न्यू जर्सीस्थित आफ्नै घरमा निधन भएको हो । उनको अन्तिम घडीमा परिवारका सदस्यहरु उनको साथमा थिए ।

सिसी ह्युस्टन करिब सात दशकदेखि संगीत संसारमा सक्रिय थिइन् । उनले ५ वर्षको उमेरदेखि नै गाउन थालेकी थिइन् । उनी आर एन्ड बी समूह ‘द स्वीट इन्स्पिरेशन्स’को संस्थापक सदस्य पनि थिइन् जहाँ उनले रोय ह्यामिल्टन र एल्विस प्रेस्ली जस्ता दिग्गजहरूका लागि ब्याकअप गाइन् ।

यस समूहमा सिसीले डियोने वारविक, डी डी वारविक र डोरिस ट्रोय जस्ता गायकहरूसँग गाएकी थिइन् ।

सिसीले आफ्नो करियरमा ६०० भन्दा बढी गीत रेकर्ड गरिन् ।