८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

महिला साफ च्याम्पियनसिपको तयारी पूरा

महिला साफ च्याम्पियनसिपको तयारी पूरा
अ+ अ-

काठमाडौँ । नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ ।

आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनसिप हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै सातौं संस्करणको तयारी पूरा भएको जनाएको छ । लगातार तेस्रो संस्करणमा नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको हो । यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एकपल्ट यसको आयोजना गरेको छ । यस सातौं संस्करणमा पाकिस्तान सहभागी नहुने चर्चा चलेको थियो ।

यद्यपि, अहिलेसम्म त्यसबारे कुनैपनि जानकारी नआएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भूटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दैछन् । आयोजक नेपालले भने कातिक २ गते भूटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको शुरुवात गर्ने भएको छ । हालसम्म नेपाल पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन । महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ । घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपालले राजेन्द्र तामाङको प्रशिक्षणमा तयारी गरिरहेको छ ।

भर्खर एन्फा महिला लिगको पहिलो चरण पूरा भएको छ । सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । त्यो टोलीबाट मंगलवार मात्र २७ खेलाडी छनोट भएका छन् । एन्फाको प्रतियोगिता संयोजक सञ्जीव मिश्रले यसअघि विश्वकप छनोट चरणका खेल नहुनुका साथै एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा पारो एएफसी र चर्च ब्वाइजबीचको प्रतिष्पर्धाका क्रममा दशरथ रंगशालाको अवस्थाबारे भएको आलोचना नदोहोरिने बताए । आगामी २७ गते म्याच कमिसनर आउने र त्यसअघि नै मैदान र अन्य आवश्यक पक्षबारे राम्रोसँग तयार हुने मिश्रको भनाइ छ । उनले यसल्ट उत्कृष्ट मैदान र वातावरण दिन तयार तयार रहेको बताए ।

विदेश लिग खेलिरहेका रेखा पौडेल र सावित्रा भण्डारीले पनि साफ च्याम्पियनसिप खेल्ने मिश्रले बताए । यसबारे खेलाडीसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ । प्रतियोगिता हुनुभन्दा तीन दिन अगाडि रिलिज हुने उनको विश्वास छ । यस च्याम्पियनसिपमा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको एन्फाले उल्लेख गरेको छ । यस च्याम्पियनसिपको अनुमानित बजेट चार करोड ६० लाख ८०० रुपैयाँ छ ।