दाङ । दाङको राप्ति गाउँपालीका – ४ मौरीघाटमा मंगलबार राती ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । ना ६ ख ३३४४ नम्बरको ट्रकले बिपरित दिशाबाट आईरहेको रा ५ प नम्बरको मोटरसाईकललाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङ्गले जनाएको ।
तीनजना सबार मोटरसाईकल अनियन्त्रीत भै ट्रकमा ठोक्किएको प्रांरम्भिक अनुसन्धान बाट देखिएको जनाईएको छ । दुर्घटनामा परि राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, बडा नंम्बर –२ का १८ वर्षीय कसम पुन र बडा नंम्बर –८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।










