८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

के नितिश मुख्यमन्त्री बन्लान् ? एनडिए गठबन्धनलाई झिनो बहुमत

के नितिश मुख्यमन्त्री बन्लान् ? एनडिए गठबन्धनलाई झिनो बहुमत
अ+ अ-

पटनाः भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनमा भारतीय जनता पार्टी र मुख्यमन्त्री नितिश कुमारको जनता दल युनाइटेड (जेडियू) को नेसनल डेमोक्रेटिक अलायन्स (एनडिए) लाई झिनो बहुमत प्राप्त भएको छ ।

बिहार विधासभामा कूल २४३ सिट छ । यसमध्ये एनडिएलाई १२५ स्थान प्राप्त भएको छ । सरकार गठनका लागि १२२ स्थान आवश्यक हुन्छ ।

एनडिएको मुख्य दल भाजपाले यसपटक बिहारमा निकै राम्रो प्रदर्शन गरेको छ । भाजपाले ७४ स्थान जितेको छ भने नितिशको जेडियूले तेस्रो ठूलो दलका रुपमा ४३ स्थान जितेको छ ।

विधान सभाको निर्वाचनमा सबैभन्दा बढी स्थान लालू प्रसाद यादवका छोरा तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) ले जितेको छ । यस दलले ७५ स्थान जितेर सबैभन्दा ठूलो दल बनेको छ । यस चुनावमा भाजपालाइ सबैभन्दा बढी फाइदा भएकाे छ । भाजपाले २०१५ काे चुनावमा ५३ स्थान चितेकाे थियाे भने जेडियूले ७१ स्थान जितेकाे थियाे ।

तर महागठबन्धनका अन्य सहयोगी दलले राम्रो प्रदर्शन गर्न नसक्दा यस गठबन्धनले ११० स्थानमा चित्त बुझाउनु परेको छ । महागठबन्धनमा सहभागी भारतीय राष्ट्रिय काँग्रेसले १९ स्थान जितेको छ ।

एनडिएका तर्फबाट वर्तमान मुख्यमन्त्री नितिश कुमारलाई नै आगामी मुख्यमन्त्री पदका लागि अघि सारिएकाले नितिश नै मुख्यमन्त्री हुने सम्भावना छ । भाजपाभन्दा निकै कम सिट ल्याएकाले आगामी दिनमा यो गठबन्धनमा पनि समस्या आउने सम्भावना बढी छ ।

नितिश लगातार १५ वर्षदेखि बिहारको मुख्यमन्त्री हुनु भएको छ । अब फेरि उहाँ मुख्यमन्त्री नियुक्त भए यो आफैंमा एउटा रेकर्ड बन्नेछ ।

यस चुनवामा तीन हजार ७५५ उम्मेदवार रहेका थिए । बिहारमा गत अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।