३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

अमेरिकामा भव्यरुपमा मनाइयो ‘दशैँ डे’

अमेरिकामा भव्यरुपमा मनाइयो ‘दशैँ डे’
अ+ अ-

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यको संसदले पारित गरी गभर्नर वेज मुरले प्रोक्लोमेसन जारी गरी गत वर्ष देखि आधिकारिक रुपमा मनाउन थालिएको दशैं डे कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

विविधता र दशैं भन्ने मुख्य नाराका साथ मनाइएको उक्त कार्यक्रममा अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान होलेन, मेरिल्याण्ड राज्यकी डेपुटी गभर्नर अरुणा मिलर, वाल्टिमोर काउन्टीका काउन्टी एक्जुकेटिभ एवं कंग्रेसनल उमेदवार जोनी ओ ओल्जेस्की, वाल्टिमोर काउन्टी काउन्सिलका अध्यक्ष जुलियन जोन्स, सिनेटर क्याथी क्लाजमार, डेलिगेटहरु स्कट फिलिप, निक एलन लगायतका निर्वाचित प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी सिनेटर क्रिस भ्यान होलेन भन्नु भयो अमेरिका विविधता मार्फत प्रजातान्त्रिक अभ्यास अपनाउँदै आएको देश हो । यहाँ हरेक भाषा र संस्कृतिको उत्तिकै सम्मान र समावेशीतालाई उच्च प्राथमिकतामा राखिएको छ ।

सिनटेर होलेनले आगामी नोभेम्बरमा हुने चुनावमा कमला हरिसलाई मतदान गर्नको लागि नेपाली तगा सम्पूर्ण एशियाली मूलका नागरिकहरुलाई अनुरोध गर्नुभएको थियो। उहाँले थप्नु भयो सन् २०२० को निर्वाचनमा अमेरिकन एसियन कम्युनिटीका व्यक्तिहरुले मतदानमा भाग लिएर अग्रणी भूमिका खेलेको उल्लेख गर्नुहुँदै मतदानमा भाग लिएर आप्रवासीको एजेण्डालाई अमेरिकाको एजेन्डाको रुपमा स्थापित गर्न मतदाताहरूलाई आग्रह समेत गर्नुभएको थियो ।

सिनेटर होलेनले गतवर्ष आफूले गरेको नेपालको भ्रमण र न्यानो आतिथ्यताको स्मरण गर्नुभएको थियो ।

कोरोनाको वेलामा बिस्वव्यापी रुपमा खोप वितरणमा सिनेटर भ्यान होलेनको कार्यालयले महत्वपूर्ण समन्वय गरेर नेत्रित्वदायी भूमिका निर्वाह गरेको थियो ।

कार्यक्रममा मेरील्यान्ड राज्यकी डेपुटी गभर्नर अरुणा मिलरले मेरील्यान्ड राज्यले दशैं सम्बन्धी बिल पारित गरेर अमेरिकाभरि नै अग्रणी राज्यको रुपमा रहेको उल्लेख गर्नुभयो। उहाँले अमेरिकी भूमि असीमित अवसरहरू भएको र सोही अवसरका कारण ह्यारी र आफू स्वयं यहाँको राजनीतिमा स्थापित हुन सफल भएको बताउनुभयो । कार्यक्रममा बाल्टिमोर काउन्टीका काउन्टी एक्जियुकेटिभ एवं कंग्रेसनल चुनावका उम्मेदवार जोनी ओल्जेस्कीले अमेरिकामा अनेकन सांस्कृतिक, सामाजिक सामन्जस्यता रहेको उल्लेख गर्दै नेपाली समुदायले मेरील्यान्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। उहाँले मेरील्याण्ड राज्यमा रहेका आप्रवासीहरूको अधिकारको लागि सदैव आफू अग्रपंक्तिमा उभिएर काम गर्न तयार रहेको बताउनुभयो ।

नेपाली मूलका पहिलो डेलिगेट डाक्टर ह्यारी भण्डारीले दशैं शान्ति र एकताको प्रतीक भएकाले यसले बसुधैव कुटुम्बकम भन्ने मान्यताका साथ विश्वव्यापी रूपमा सद्भाव र ममताको सन्देश सम्प्रेषण गर्न सफल भएको बताउनुभयो । सिनटेर क्रिस भ्यान होलेन ले गर्नु भएको अहिले सम्म कै वैदेशिक सम्वन्धका बारेमा उहाँको अमेरिका र संसार भरि उहाँको नेतृत्वको महत्वपूर्ण प्रभाव बारेमा भण्डारी ले जानकारी गराउनु भएको थियो ।

मेरिल्याण्ड राज्यको डिष्टिक ८ मा भएको उक्त कार्यक्रममा दशैं सम्बन्धी विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा स्वस्ती वाचन ,नेपाली पन्चेबाजा ,तान्त्रिक नृत्य,नेपाली नृत्य ,नेपाली संस्कृति झल्कने पोशाक, चिनियाँ क्वांग नृत्य,राजस्थानी नृत्य, मैथली नृत्य लगायतका विभिन्न व्यक्ति तथा समूहहरुले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उक्त नृत्यको लागि यज्ञमान कायस्थ, अमित शाह, अमृत रामदाम,गायत्री गुप्ता,पिंग वु ले समन्वय गर्नु भएको थियो । साथै आगन्तुकहरुलाई पञ्चकन्याले स्वागत गरेका थिए उनीहरुको समन्वय माधवी भण्डारी, ईशा गुरुग र सृजना न्यौपानेले गर्नु भएको थियो । कार्यक्रमको समन्वय तीर्थ पाण्डेयले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा मेरील्यान्ड,भर्जिनिया,पेन्सिलभेनिया,न्युजर्सी,न्युयोर्क लगाएतका ठाउँबाट नेपाली मूलका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

अमेरिकाको मेरील्यान्ड राज्यले दशैं डे सम्बन्धी विधेयक पारित गरेर अक्टोबर ५ लाई दशैँ डेको रूपमा मान्यता दिएको छ । उक्त विधेयक पारित गराउन नेपाली मूलका पहिलो डेलिकेट ह्यारी भण्डारीले संसद समक्ष विधेयक पेश गर्नुभएको थियो। उक्त विधयेकलाई दुवै सदनले अनुमोदन गरेर गभर्नर वेज मुरले सन् २०२२ प्रमाणीकरण गर्नु भएपछि सन् २०२३ देखि दशैं डेको रुपमा मनाउन थालिएको छ ।

कार्यक्रममा अमेरिकी राष्टपतिका उम्मेदवार कमला ह्यारीस, मेरिल्याण्डकी सिनेटरकी उमेदवार एञ्जिला अल्सोबु्रक, कंग्रेसनल उमेदवार जोनी ओ लगायतका उमेदवारहरुको प्रचार प्रसार समेत गरिएको थियो ।