१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

दशैंमा मासु मात्र खाने हो कि दाँतको पनि ख्याल गर्नुहुन्छ ?

दशैंमा मासु मात्र खाने हो कि दाँतको पनि ख्याल गर्नुहुन्छ ?
अ अ+ अ-

काठमाडौं । नेपालमा दशैं भन्नासाथ मासु स्वत जोडिन्छ । मासुसँग दाँत । हो, चाडपर्व भित्रिदाँ खानाका विविध परिकार खाने सौखिन नेपालीको जमात बढ्दो छ ।

दशैंमा मुख्य खानाको रुपमा मासुका परिकारहरुलाई लिइने गरिन्छ । फूलपाती देखि कोजाग्रत पूर्णिमासम्म एक हप्ता सामान्यतया अलि बढी नै मानिसहरु मासुका परिकारहरु खाने गर्दछन् । तर मासु खाँनुअघि र खाइसकेपछि तपाइँले दाँतको सरसफाइ र सुरक्षाको बारेमा ख्याल गर्नुभएको छ ?

विशेष गरि दशैंमा मासु धेरै खाने भएपछि दाँतमा हुनसक्ने प्रमुख खतरा भनेको धेरै साह्रो कुरा (जस्तैः मासुको हड्डी, खाना खाएपछि खाइने सुपारी–छुर्पी आदि) चपाउँदा दाँत चोइटिनसक्छ ।

थरिथरिका स्वादिला परिकार खानेबेला पनि दुई दाँतको बीचमा खाना अड्किन सक्छ । पहिले नै चेप छ वा किराले खाएको छ भने, झनै खाना अड्किन्छ ।

अड्किएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र त्यसले अम्ल निकाल्छ। कुहिएको खाना र अम्लले दाँतलाई पनि कुहाएर पीडा दिन्छ । गिजामा समेत संक्रमण बनाउँछ ।

गिजा संक्रमित हुँदा गिजा सुन्निने, खुकुलो हुने, रातो वा निलो हुने, रगत बग्ने र हड्डी कमजोर हुने जस्ता समस्या आउँछन् । हड्डी नै कमजोर भएपछि दाँत हल्लिने, टनटन दुख्ने, चपाउन नसक्ने हुल्छ ।

जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । यदि दाँतको समयमै उपचार हुन नसके दाँत निकाल्नुको विकल्प रहँदैन । आरसिटी भनेको सङ्क्रमित दाँत रोगीलाई गरिने अन्तिम उपचार पद्धति हो ।

पर्वहरुमा धेरै बढि पोलेका मासुका परिकारहरु, धुम्रपान, मद्यपान साथसाथै एकैपटक लगातार खाइरहँदा दाँत, मुख तथा गिजा सामान्य अवस्थामा भन्दा बढि शिथिल तथा सुख्खा बन्न जान्छन् । त्यसैले मासुका परिकार खानु अघि राम्रोसँग पकाएर तथा गलाएर मात्र खाने ।

यदि खाने कुरा अड्की हालेमा त्यसलाई तुरुन्तै निकाल्नको लागी एक किसिमको धागो (डेण्टल फ्लस) को सहायता लिने । दशैंमा धेरै नै टुथ पिकको प्रयोग हुने हुदाँ त्यसले गिजा तथा दाँतमा समस्या निम्त्याउने गर्छ ।

सकभर त्यसको प्रयोग नगर्ने, धेरै तातो खानेकुराले मुख भित्रका नरम छालाहरुमा असर गर्ने भएकोले सेलाएर मात्र खाने । रातीको खानापछी सधै ब्रस गर्ने र दिउँसोको हल्का खानापछी कुल्ला गर्ने ।

धेरै तातो र चिसो खानेकुरा एकैपटक नखाने, दाँतको समस्या हुनेले साह्रो खानेकुराको प्रयोग कम गर्ने फ्लोराईडयुक्त टुथपेस्टको प्रयोग गर्ने । दाँतको समस्या आउन सक्ने हुदाँ दाँतको समस्या देखिनासाथ स्वास्थ्य परीक्षण गराउनु पर्छ ।