काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभरी थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको कुल संख्या दुई लाख ४ हजार २४२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज बिहिबार मात्रै थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ११८९ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४९ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ६४ हजार ५ सय ९२ जना निको भएका छन्।











