२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका वाड नं १० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकको चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेका एडिसनल डाइरेक्टर डा।मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् । सिओएमएस मा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र युएसजि मा समेत २० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले कलेज अफ मेडिकल साइन्सको सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नु पर्ने बैंकले जनाएको छ ।