५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उसु टोली बंगलादेश जाने



अ+ अ-

काठमाडौं: प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली उसु टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

अक्टोबर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले सान्सौं र थाउलोमा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा मनिराज राई, सुमांगीराज्यलक्ष्मी गौतम, अनिता तामाङ, सौगात चन्द, निश्चल तामाङ, ममता सुनुवार, प्राथना नेपाल, रुफस केसी र विराज सुनार रहेका छन् ।

प्रशिक्षकमा राजीव महर्जन र राज महर्जन, सहायक प्रशिक्षकमा सुवास परियार तथा व्यवस्थापकमा सुकमान लामा छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सोही प्रतियोगितामा सहभागी हुन तेक्वान्दो टोली भने सोमबारै ढाका प्रस्थान गरिसकेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले जनाएका छन् ।