३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्को सामना गर्न राप्रपाको आह्वान



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बाढी, पहिरो र डुबानका कारण देशमा धेरै क्षति भएको भन्दै मिलेर विपद्को सामना गर्न आह्वान गरेको छ ।

राप्रपाले विज्ञप्ति जारी गर्र्दै अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट जनधनको क्षति हुन पुगेको घटनाप्रति दु्:ख व्यक्त गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा अविरल वर्षाको वितण्डाबाट ज्यान गुमाउन पुगेकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘वर्षाका कारण राजधानी छिर्ने सडक मात्रै होइन देशभरका दर्जनौं सडक, पुल र राजमार्ग बन्द हुँदा सवारी आवागमनमा कठिनाइ उत्पन्न भएको छ। कैयन् भौतिक संरचना क्षतिग्रस्त बन्न पुगेको छ भने नागरिकको निजी सम्पत्ति तहसनहस बन्न पुगेको छ । कैयन ठाऊककमा किसानले भित्र्याउने बेलाको बाली पूर्णरुपमा नष्ट हुन पुगेको छ। अस्वभाविक वर्षा, बाढीपहिरो र डुबानबाट जनजीवन त्रसित र अस्तव्यस्त बन्न पुगेको छ ।’

राप्रपाले अविरल वर्षाका कारण ज्यान गुमाएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, संकटमा परेका नागरिकको उद्धार, पुन:स्थापना र घाइतेको नि:शुल्क उपचार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । क्षतिको विवरण संकलन गरी पीडित नागरिकलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा तीन तहकै सरकारको प्रभावकारी अग्रसरता देखाउनुपर्ने भन्दै राप्रपाले विपदको यो घडीमा सबै मिलेर यो विपदको सामना गर्न आह्वान गरेको छ ।

राप्रपाले विपदसँग जुधिरहेका आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुन:स्थापनामा जुट्न देशभरका हाम्रो पार्टीका सदस्यहरुलाई आग्रह गरेको छ । प्रवासमा रहेका नेपालीहरु र पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसका सदस्यहरुलाई प्राकृतिक प्रकोपको यो विपत्तिमा साथ, सहयोग र हातेमालो गर्न आह्वानसमेत विज्ञप्तिमा गरिएको छ ।