८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेकपा कलह : ओलीले प्रचण्डको आड लिएर नेपाललाई पेल्दाको परिणाम

नेकपा कलह : ओलीले प्रचण्डको आड लिएर नेपाललाई पेल्दाको परिणाम
अ+ अ-

काठमाडौं । ‘राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने नै हुँदैन नेकपा एमालेका पूर्व महासचिव मदन भण्डारीको भनाई नेपालको सन्दर्भमा लगभग सबै दल र नेतामा लागू हुन्छ । मुलुकमा कोरोना महामारीको संक्रमणसँगै आन्तरिक राजनीतिमा पनि संक्रमण सर्यो । त्यसपछि न लामो लकडाउनले कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका निर्बाह गर्न सक्यो, नत पटक पटक नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमद दाहालले पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी ओली बिरुद्ध प्रहार गरेका अस्त्रले काम गर्न सकिरहेको छ । 

करिब नौ महिनाको अवधिमा प्रहार गरिएका तीनवटा अस्त्र प्रभावहीन भएपछि यसपटक दाहालले समकक्षी नेता ओलीबिरुद्ध क्षेप्यास्त्र नै प्रहार गर्नुभएको छ । यसपटकको क्षेप्यात्रले पनि लक्ष्य पूरा गर्न सकेन भने दाहालको राजनीतिक भविष्यको ग्राफ निकै ओरोलो लाग्ने तथ्य स्पष्टै देखिन्छ । अथवा उहाँले पेश गर्नुएको अभियोगपत्र भनौँ वा राजनीतिक प्रतिबेदनले उठाएका बिषयहरु पुष्टि भएर अध्यक्ष ओलीले पद छाड्नुपर्ने अबस्था आए ओलीले हालसम्म कमाएको वा केही मात्रमा बचाएको शाख पनि पूरै धुमिल नहोला भन्न सकिन्न । 

गत संसदीय निर्बाचनदेखी शुरु भएको बाम गठबन्धनको अभियान थालेपछि कार्तिक २८ गतेसम्म ओली  र दाहालबीच सानातिना मनमुटाबहरु त भएकै हुन् । तरपनि  अहिलेजस्तो पानी बाराबारको अवस्था भने आएको थिएन । दुईनेता मिल्दा पार्टीका अरु प्रभाबशाली नेताहरु माधव नेपाल, झलनाथ खनाल, बामदेब गौतमहरु लामो समयसम्म कर्नर परे वा पारिएकै हुन् । त्यसबेला पनि ओलीले माधवमाथिको व्यवहारमा अति त गरेकै हुन् । 

ओली, दाहाल, नेपाल र खनाल पार्टीको कार्यकारी प्रमुख भएर सरकार समेत सञ्चान गरेर सत्ता र शक्तिको स्वाद लिएक नेताहरु लामो समयसम्म यी ंकुराबाट बाहिरिएर बस्नुपर्दा शक्ति र सत्ताको राईंदाईं गर्नेहरुलार्इ टुलुटुलु हेर्नुपर्ने अवस्थालार्इ पक्कै पनि सह्यै हुदैन । यसबीचमा ओली र दाहालबीच कतिपय कुरा सहमतिमा त कति बिमतिमै भएपनि पछि सहमति भएर हल भएका थिए । यी दुई बीचको घनिष्टता माधव नेपाल समूहका लागि सकारात्मक त थिएन  नै न उहाँको असन्तुष्टि सम्बोधन गर्न ओलीले चासो पनि दिनु भएन । देखाए पनि नदेखाए पनि राजनीति गर्नेहरुको ईगो चर्को हुन्छ ।  सायद नेपाल पनि यही मौकाको प्रतिक्षामा हुनुहुन्थो भित्रभित्रै यो सबैले जानेकै कुरा हो । 

अध्यक्ष दाहाल निकट एक नेताका अनुसार सचिवालयमा प्रस्तुत भएको दाहालको पत्र पूर्व माओबादी नेताहरु भन्दा पनि माधव नेपाल समुहका प्रभाबशाली दुईनेताले तयार गरेको हुन् । जुन पत्र बम यस्तो ठाउमा खस्यो त्यसको अपेक्षा नेपाल समुहले मात्र गरेको थियो, ओली समूहले थिएन । यही पत्रका कारण ओली र दाहाल अब सँगै एउटै बाटोमा हिड्न सकिदैन भन्ने अबस्थामा पुगे । 

उहाँहरुको मनमुटावपछि ओझेलमा पारिदै आउनु भएका नेपाल एकाएक निर्णायक मोडमा आइपुग्न यही पत्रले काम गर्यो भन्दा पनि हुन्छ । अवस्था यस्तो आयो कि ओेलीले पटक पटक बालुवाटार बोलाएर नेपाललाई फकाउनुपर्ने र बालुवाटार नेपाल पुगेको खबरले खुमलटारको छटपटी बढ्ने अवस्था सृजना भयो । भलै नेपालले आर्फैले नै यो संकट समाधानको सुत्र सार्बजनिक गर्नुभएको छैन । 

ओली र दाहालको सम्बन्ध टुटाउन सम्भव भएपछि दुई पक्षीय अन्तरसंघर्ष फेरि त्रिपक्षिय बिन्दुमा पुगेको छ । यही तानातानको बीचमा केही समयपछि त्यो सम्बन्ध फेरि दुई पक्षीय हुने नै छ । नेपाललाई भरसक आफुतिर तान्न ओलीले सबै उपाय अपनाउने उता सँगै दाहालले पनि आफुसँगै राख्नका लागि आफुले त्याग गरेको देखाउदै प्राप्त हुने अबसरहरु नेपालले तयारी अबस्थामा राख्नु हुनेछ । जसका कारण अहिले देखिएको अन्तरकलहको एक मात्र पूर्ण फाईदा नेपाल समुहलाइ नै हो । 

ओली र दाहाल दुबैले गुमाउने मात्र हुन् । सामान्य बिषयमा झगडा हुदा झगडियाले आफूसँग भएका सबै गुमाउदै आफु जित्न वकिल, अदालत लगायत सबै ठाउँमा पुग्छन् मुद्धा जितहार हुँदा दुबै पक्षले अथाह गुमाईसकेको हुन्छ, जित्ने तेश्रो पक्ष मात्र हुन्छ । यसपटक नेकपाको अन्तरकलह यही बाटोमा नजाला भन्न सकिन्न । कुनै पनि अवस्थामा पार्टी बिभाजनको दिशातिर जाने अबस्था आयो भने पूर्ब एमालेलाई एकिकृत गर्न ओलीले जबजको कार्ड फालिसक्नु भएको छ । जसलेगर्दा पूर्ब एमालेका नेताहरुलाई एकपटक सोच्न बाध्य बनाउछ । 

ओलीले दवाबमा परेमा त्याग गर्नुपर्ने अबस्था आइहालेमा पनि कुनै न कुनै रुपमा जति बिमति भएपनि त्यो पूर्व एमालेको भागमा नै पर्छ । तर अहिले नै त्यो अवस्था आइहाल्ने देखिएको छैन । अन्तरकल साम्य पार्न महासचिब बिष्णु पौडेल सुवासचन्द्र नेम्बाङ्ग, शंकर पोखरेल  लगायतका नेताहरु दौडधुप गरिरहनु भएको छ । त्यसमा पनि सकेसम्म आफु बलियो भएर अर्कौ पक्षलाई कमजोर देखाउने र सहमतिका लागि अनुरोध गर्ने मात्र हो, तेश्रो पक्षले त्यस कुरालाई मान्न दिने अबस्था देखिदैन । जसका कारण नेकपाभित्रको यस पटकको लडाईमा बिजय प्राप्त गर्नुहुने नेता नेपाल र उहाँले लिने कदमले नै यो क्षेप्यात्र  कसरी निष्कृय हुन्छ, हुन खोजेको पनि यही हो । र यस कलकको अन्तर्य पनि हिजो ओलीले प्रचण्डको आड लिएर नेपालमाथि गरेको पेलानको परिणाम नै हो ।