६ माघ २०८१, आईतवार
,
Latest
डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, चार बेपत्ता खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारत च्याम्पियन झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण संस्था हस्तान्तरणको विषय होइन: महान्यायाधिवक्ता संविधान संशोधन साना दल समाप्त पार्न होइन : उपसभापति गुरुङ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘एक्टरः टेक वन’को ट्रेलर खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता फुल कन्ट्याक्टमा नेपाललाई ६ स्वर्णसहित २५ पदक ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’ सभापति कपको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक



दुई दिनदेखिको अविरल वर्षाका कारण शुक्रबार पानीले खतरा तह पार गरेको सुनसरीको इनरुवास्थित सुनसरी खाेला । सुनसरी र माेरङमा थप भारी वर्षा भई सेउती, सर्दु, सुनसरी, बूढी, खेसलिया, चिसाङ, लोहन्द्रालगायत खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभागले अनुराेध गरेको छ । तस्बिर : नवीन गड्तौला/रासस
अ+ अ-

काठमाडौँ : अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।

विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।