१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता चित्रबहादुर केसी काेराेना संक्रमणमुक्त



अ+ अ-

काठमाडाैंः काेराेनाभाइरस संक्रमण भएपछि अस्पताल भर्ना हुनु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निको भएर घर फर्कनु भएको छ ।

निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि ललितपुरकाे नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनु भएका उहाँ मङ्गलबार अस्पतालबाट डिस्चार्ज हुनु भएको हो ।

अध्यक्ष केसीले बुधबार विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिनुभएको छ ।