१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित नभएको  जनाएको छ ।  महाशाखाले हाल देशको उच्च पहाडि तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको जनाएको हो ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहेपनि राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, शुक्रबार दिउँसो र राति देशभरको मौसम सामान्यतया सफा भइ शनिबार दिउँसो र राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।