१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका निजी अस्पतालको बदमासी : विदेश जानेलाई नक्कली पिसिआर रिपोर्ट



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका केहि अस्पताल र निजी ल्यावहरुले पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुलासा भएको छ । काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पताल, सानेपामा रहेको स्टार अस्पतालले पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुलासा भएको हो  । 

यी अस्पतालहरुले विदेश जानेहरुलाई कोरोनो पोजेटिभ रिपोर्ट आएपनि  नेगेटिभ दिने गरेको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले  कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर उनीहरुमाथि छानबिन गर्न र कारबाही गर्न  मन्त्रालयले छानबिन थालेको हो।

मन्त्रालयले लेखेको अति गोप्य पत्र बाहिरीएसंगै पिसिआरको नक्कली रिपोर्ट दिने सुरिया हेल्थ केयर, सेन्ट्रल डाइनोष्टिक ल्यावोटरीले पनि ह्याम्स अस्पताल र स्टार अस्पतालको बाटो पछ्याउँदै पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुल्न आएपछि अनुसन्धानका लागि पत्र काटिएको छ ।

यी अस्पताल र ल्यावहरुकै कारण नेपाल एयरलाइन्सलाई ३ पटक प्रतिबन्धमा पारिसकेको छ। मन्त्रालयले काटेको पत्रमा ह्याम्स, स्टार लगायतका यी ल्यावहरुले स्वाव नै संकलन नगरी विदेश जानेहरुलाई रकम लिएर पिसिआर रिपोर्ट दिने गरेको उल्लेख छ।