८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

विश्व शौचालय दिवस नेपालमा पनि मनाईंदै

विश्व शौचालय दिवस नेपालमा पनि मनाईंदै
अ+ अ-

काठमाडौं । आज विश्व शौचालय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।  

देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाईंदैछ । नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा भएपनि अझै कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहिन छन् । देशका विभिन्न ठाउँमा रहेका सार्वजनिक शौचालयहरुको व्यवस्थापन हुन नसक्दा वातावरण प्रदुषण त भएको छ नै विभिन्न रोग फैलाउने डर पनि उत्तिकै छ । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा एक लाख १५ हजार बालबालिकाको ज्यान जाने गरेको छ ।

दिवसकै अवशरमा ललितपुर महानगरपालिकाको मंगलबजारमा बनेको स्मार्ट सार्वजनिक शौचालय उद्घाटन गरिएको छ । स्मार्ट शौचालयको उद्घाटनपछि महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपालभरी बनेका सार्वजनिक शौचालयमध्येको व्यवस्थित र उच्च स्तरको शैचालय मंगलबजारमा निर्माण भएको बताउनुभयो । महानगरपालिकाले यहि अवधारणा अनुसार अन्य ठाउँमा शौचालय निर्माणको काम अघि बढाइने पनि बताउनुभएको छ । उहाँले महानगरपालिकाभित्र खाली जग्गामा पार्क निर्माण गर्ने देखि लिएर महानगरलाई प्रविधिमैत्री बनाउने काम पनि भइरहेको बताउनुभयो ।

सो सार्वजनिक शौचालय अपाङ्गता भएका, वृद्धवृद्धा र महिलामैत्री छ । साथै महिलाहरुको महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड पनि मेसिनबाट आफैँ निकाल्न सकिने व्यवस्था रहेको छ । एरोसान स्टेनेबल स्यानिटेसनले २५ लाखको लागतमा सौचालय निर्माण गरेको हो । शौचालय भवन र बायोग्यास लगायतका अन्य सुविधाहरु समेत रहेकाले लागत २५ लाख पुगेको एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले बताउनुभयो ।

विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको पहुँच शौचालयमा पुग्ने लक्ष्य तय गरिएको छ ।