२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना व्यक्तिहरू दुबईबाट पक्राउ



अ+ अ-

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना व्यक्तिहरू दुबईबाट पक्राउ परेका छन् ।

रेड नोटिस जारी भएका ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरु भुपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी र जबरजस्ती करणी मुद्दाका फरारप्रतिवादी रोमन कार्की दुबईमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।

इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्दा निज प्रतिवादीहरुलाई दुबईमा पक्राउ परेकोले सम्बन्धित मुद्दामा कारवाही गर्ने र गराउने प्रयोजनार्थ मिति २०८१/०६/०९ गते नेपाल फिर्ता ल्याईएको प्रहरीले जनाएको छ ।