९ आश्विन २०८१, बुधबार
,
Latest
आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी यू–२० छनोटमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । एएफसी यू–२० एसिया कप छनोटमा नेपालले दोस्रो हार ब्यहोरेको छ। बुधबार चाइनिज ताइपेईमा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलले पराजित भएको हो ।

यसअघि नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले हारेको थियो । दोस्रो खेलमा भने नेपालले चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो ।

दोस्रो हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना कमजोर बन्न पुगेको छ । नेपालको शीर्ष स्थानमा पुग्ने सम्भावना सकिएको छ भने दोस्रो हुने सम्भावना समेत कमजोर भएको छ ।

समूहबाट शीर्ष हुने टोली यू–२० एसिया कप २०२५ मा छनोट हुनेछ । दोस्रो हुने टोलीको पनि एसिया कपमा पुग्ने सम्भावना छ ।

अब नेपालले समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।