७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

केन्द्रीय सचिवालय समस्या सिर्जना गर्ने भूमिकामा बदलियाे

केन्द्रीय सचिवालय समस्या सिर्जना गर्ने भूमिकामा बदलियाे
अ+ अ-

विष्णु पाैडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सचिवालयलाई हामीले  ‘कोर अफ दि लिडरसीप’ भन्ने गरेका छौं । यो कोर अफ द लिडरसीपको भूमिकामा रहेको केन्द्रीय सचिवालयले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्याहरु र समग्र राष्ट्रिय राजनीतिलाई ठीक दिशामा दिशावोध गर्नका निम्ति त्यसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । तर पछिल्ला दिनहरुमा पार्टीको केन्द्रीय सचिवालय समस्या समाधानको थलो नभएर समस्या उत्पादन गर्ने, समस्या सिर्जना गर्ने भूमिकामा बदलिएको छ । त्यस कारणले सचिवालयले आफ्नो भूमिकालाई बदल्नु पर्ने आवश्यकता मैले देखेको छु ।

यदि हामी पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्याहरु समाधान गर्नका निम्ति राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशावोध गर्नका लागि सक्षम हुन सक्दैनौं, प्रभावकारी हुन सक्दैनौं, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दैनौं भने त्यतिबेला स्वाभाविक रुपमा सचिवालयको औचित्यमाथि, यसको बैधतामाथि प्रश्न खडा हुन्छ । हामीले हाम्रो भूमिकालाई आत्मसमीक्षा गर्नुपर्ने परिस्थिति म देख्छु ।

यदि हामी यो ढंगबाट भूमिका निर्वाह गर्न असक्षम भएका हौं भने, नसक्ने भएका हौं भने हामीले भन्नुपर्छ कि स्थायी कमिटीका सदस्यहरु समक्ष गएर भन्नुपर्छ हामीले यति मात्र गर्न सक्यौं, योभन्दा बढ्ता गर्न नसक्ने भयौं । हामीले अब हाम्रो अभिभारा ठीक ढंगले पूरा गर्न नसक्ने भयौं, त्यसकारण हामी अब तपाइँहरु जिम्मेवारी सम्हाल्नका निम्ति तयार रहनुस्, हामी पदमुक्त हुन्छौं भनेर भन्नु पर्ने परिस्थिति सिर्जना हुन्छ यदि हामी हाम्रो जिम्मेवारी ठीक ढंगले निर्वाह गर्न सक्दैनौं भने । यो मेरो विश्लेषण हो ।

या त हामीले हाम्रो जिम्मेवारी ठीक ढंगले निर्वाह गरौं, त्यसो गर्न सक्दैनौं भने स्थायी कमिटीलाई भनिदिऔं कि हामी गर्न सक्दैनौं, तपाइँहरु जिम्मेवारी लिन तयार रहनुस् भनेर बाटो छाडिदिऔं । यो ढंगको मैले आफ्नो फिलिङ बैठक समक्ष राखेको हो ।

पछिल्लो दिनमा नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक जीवन अत्यन्त गम्भीर, जटिल र संकटग्रस्त भएको कुरा यथार्थ हो । हाम्रो पार्टी जीवन कल्पनातीत संकटमा फसेको छ । केही यस्ता अनपेक्षित घटनाहरु घटित भइरहेका छन्, विचार व्यक्त भइरहेका छन् जुन चिज नेपाली जनताले, नेपाली कम्युनिष्ट आन्दोलनका सबै तहका अभियन्ताहरुले चाहेका थिएनन् । समस्त पार्टी पंक्तिले चाहेको थिएन । पार्टी पंक्तिको चाहना विपरीत, आमजनताको चाहना विपरीत, कम्युनिष्ट आन्दोलनका सबै तहका अभियन्ताहरुको चाहना विपरीत केही अनपेक्षित अभिव्यक्तिहरु, अनपेक्षित घटनाक्रमहरु घटित भइरहेका छन् ।

म के चाहन्छु भने सीमा बाहिरका, मर्यादा बाहिरका, तथ्यभन्दा बाहिरका अभिव्यक्तिहरु वा त्यस खालका कृयाकलापहरु रोकिउन् । पार्टी तथ्यको जगमा उभिएर सही निष्कर्षका साथ अगाडि बढोस् । त्यसका निम्ति हामीले भूमिका निर्वाह गर्न सकौं । मेरो त्यो चाहना हो र त्यसका निम्ति मेरो प्रयास केन्द्रित छ । म त्यस हिसाबले भूमिका निर्वाह गर्न चाहन्छु । (कुराकानीमा आधारित)

श्री पाैडेल नेकपा महासचिव हुनुहुन्छ ।