४ पुष २०८२, शुक्रबार
,
Latest
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाइलाइ थाहा छ, यस्ता चिज हालेर बनाइन्छ कोरोना विरुद्धको खोप



अ+ अ-

काठमाडौं। विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । आर्थिक विनाससँगै करोडौँ मानिसहरु संक्रमित भएका छन् भने लाखौँले ज्यान गुमाइसकेका छन् । यतिबेला विश्वका विभिन्न औषधि कम्पनी कोरोना भाइरविरुद्ध खोप निर्माणमा जुटिरहेका छन्। हालै अमेरिकाको मोडर्ना कम्पनीले आफूले विकास गरेको खोपले झन्डै ९५ प्रतिशत ९४.५ प्रतिशत प्रभावकारी अर्थात् कोरोना नष्ट गर्ने देखिएको दाबी सार्वजनिक गरेको छ। यस्तै गत हप्ता मात्र अमेरिकाकै फाइजर कम्पनीले पनि कोरोनाविरुद्ध खोप तयार भइसकेको जानकारी दिएको छ।

तर, यी दाबीबीच चिकित्सा विज्ञले खोप निर्माणका लागि सार्क माछाको कलेजोको तेल, विशेष रूखको बोक्रा र बालुवाजस्ता ५ सय चिज व्यवस्था गर्नुपर्ने हुन्छ, तर तिनको संकट देखिएको दैनिक भास्करले उल्लेख गरेको छ । 

दैनिक भास्करका अनुसार खोप निर्माणका लागि अति आवश्यक वस्तुमध्ये एक हो– सार्क माछाको कलेजोको तेल, जुन फ्लुविरुद्ध बनाइने खोपमा प्रयोग गरिन्छ। संरक्षण समूहले सार्कको माग बढ्ने र यो धेरै संख्या मारिने अनुमान गरेको छ। खोप निर्माणका लागि आवश्यक पर्ने अर्को चिज हो– क्विलाज जातका रूखको बोक्रा। यसमा मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउने गुण हुन्छ। तर यो रूख पनि यतिबेला खडेरीको चपेटामा परेको र यसको बोक्रा पनि विशेष महिनामा मात्र निकाल्न मिल्ने विज्ञले बताएका छन्। त्यस्तै, खोपका लागि फायरफक्स शिशी बोरोसिलिकेट ग्लासबाट बनेका हुन्छन्, त्यो पनि पर्याप्त छैनन्। साइन्टिफिक एडभाइजरी ग्रुप अफ इमरजेन्सीका सदस्य सर जन बेल भन्छन्, ‘केवल २० करोड शिशी छन्, जुन प्रयोगमा छन्।