७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आइतबारदेखि विद्यालय खुल्ने

आइतबारदेखि विद्यालय खुल्ने
अ+ अ-

रुपन्देही । तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिकरूपमै कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।

सङ्घीय सरकारले तय गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यले जानकारी दिए । उनका अनुसार नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् । तोकिएको मापदण्डानुसार विद्यालय सञ्चालन भए÷नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक सङ्घसंस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समितिसमेत गठन गरिएको छ ।

मापदण्डानुसार विद्यालयले कक्षाकोठाभित्र विद्यार्थीको भौतिक दूरी कायम गर्न एक बेञ्चमा दुई विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनुपर्नेछ । विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधारको उपलब्धतासमेतका आधारमा कक्षा १ देखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने मापदण्ड तय गरिएको छ । मापदण्डानुसार अर्को निर्णय नहुँदासम्म विद्यालयले कक्षा १ भन्दा तल अध्ययनरत विद्यार्थीलाई विद्यालय बोलाउन पाउने छैनन् ।

ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा एकाघरका सदस्य कोरोना सङ्क्रमित भएमा ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन पाइने छैन । विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्यरूपमा साबुनपानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनुपर्ने मापदण्डमा भनिएको छ । यस्तै ४०० भन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयले अनिवार्यरूपमा कम्तीमा एक जना विद्यालय नर्सको व्यवस्था गर्ने तथा सोभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने पनि मापदण्डमा उल्लेख छ । 
 
विद्यालयमा विद्यार्थीको बसाइ अवधि लामो हुन नदिन मध्यान्तर नगरी निरन्तररूपमा कक्षा सञ्चालन गर्नुपर्ने, बस सेवा सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्न नपाइने, बस प्रयोग गरेको दिनको आधारमा मात्र विद्यार्थीबाट बस भाडा लिनुपर्ने पनि मापदण्डमा तोकिएको छ । विद्यालयहरुले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सबैलाई समेटी मापदण्डानुसार कक्षा सञ्चालन कार्ययोजना बनाई मङ्सिर १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा अनिवार्यरूपमा पेश गर्न नगरपालिकाले भनेको छ ।