७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कञ्चनपुरमा शव जलाउने दाउरा अभाव

कञ्चनपुरमा शव जलाउने दाउरा अभाव
अ+ अ-

कञ्चनपुर । सामुदायिक वनबाट काठ दाउरा सङ्कलनमा बन्देज लगाइएपछि कञ्चनपुरमा शव जलाउन दाउराको अभाव हुन थालेको छ । सामुदायिक वनबाट थोरै मूल्यमा उपलब्ध हुने काठ दाउरा नपाइने भएपछि स्थानीय उपभोक्तालाई चर्को मूल्यमा मिलहरुबाट शव जलाउनका लागि दाउरा खरिद गर्नुपर्ने बाध्यता भएको छ । घर निर्माण कार्य भने काठकै अभावमा अलपत्र परेका छन् । धेरै जनाले काठको विकल्पमा आल्मुनियमको प्रयोग गरी घर निर्माणमा जुटेका छन् । विपन्न परिवारका लागि घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउरा  उपलब्ध नहुँदा साँझ बिहानको खाना पकाउन निकै अप्ठ्यारो परेको छ । “सामुदायिक वनमा दाउरा माग्न जादा बन्द भएको कारण दर्शाउँदै फर्काउने गरेका छन्”, उपभोक्ता मिना चौधरीले भन्नुभयो, “दैनिक मजदूरी गरेर जीविका धानिँदै आएकाले ग्यास खरिद गर्न सक्दैनौँ । दाउरा उपलब्ध नहुँदा निकै मार्कामा परेका छौँ ।”

“वन क्षेत्रमा काटिएको काठ दाउरा कुहिएर जान थालेको छ”, बैजनाथ सामुदायिक वनका उपभोक्ता सुशीला धामीले भन्नुभयो, “शव जलाउन, विवाह, वर्तबन्ध, चाडपर्वलगायत अन्य कार्यका लागि काठ दाउरा खरिद गर्नुपर्ने भएको छ । वनबाट लाभ लिनका लागि संरक्षण गरेका हौँ । वन पैदावार उपभोग गर्न नै नपाइने भएपछि संरक्षण गर्नुको के अर्थ हुन्छ ।” उपभोक्ताले घरकाज, मुत्युसंस्कार, धार्मिक कार्यलगायत काठ दाउराको माग गर्दै आएको भए पनि दिन नसक्दा वन संरक्षणमा उपभोक्ताको धारणा नकारात्मक बन्दै जान थालेको सामुदायिक वनका पदाधिकारीको भनाइ छ । “नियमानुसार काटिएको काठ दाउरा वन क्षेत्रमै अलपत्र छ”, महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भन्नुभयो, “काठ चोरी हुनबाट रोक्नका लागि दिनरात नभनी वन क्षेत्रमै खटिनुपर्ने अवस्था रहेको छ । काठ दाउरा दिन नसक्दा उपभोक्ता रुष्ट हुन थालेका छन् ।”

मन्त्रिपरिषद्को गत जेठ १५ गतेको निर्णयानुसार सालका काठ, दाउरा सङ्कलन तथा वितरण माथि प्रतिबन्ध लगाइएको हो । वन क्षेत्रमा काटेको काठ सङ्कलन गरी घाट गद्दि गर्ने कार्य नहुँदा  काठ चोरी हुने, आगलागी भई नष्ट हुने, कुहिने र सामुदायिक वनको आम्दानी र काठबाट उपलब्ध हुने राजश्वमा ह्रास आउने समस्या बढ्दै गएको छ । “सामुदायिक वनबाट काठ नपाइएपछि घर निर्माणको कार्य अपूरै रहेको छ”, सामुदायिक वनका उपभोक्ता भागिराम चौधरीले भन्नुभयो, “काठको अभावमा फाटेको कपडा झ्याल, ढोकाका रुपमा प्रयोग गर्नुपर्ने बाध्यता छ ।” वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनमा मात्रै नभएर लागू नभएका वनको पनि काठ दाउरा सङ्कलनमा बन्देज लगाइएपछि उपभोक्ता निकै आक्रोसित भएका छन । “वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम सरकारले नै लागू गरेको हो”, स्थानीयवासी जगत चौधरीले भन्नुभयो, “सरकारले नै पुराना काम नलाग्ने रुख काट्नका लागि कार्य योजना बनाइ आदेश दिएको हो । सरकारले नै काटेको काठ सङ्कलन गर्न दिँदैन । उपभोक्ताले सामुदायिक वन मात्रै जोगाउने हो की वन पैदावार उपभोग पनि गर्न पाउँछन । यसको निक्र्योल गरिनुपर्छ । काठ सङ्कलनमा लगाइएको बन्देज तत्काल फुकुवा हुनुपर्छ ।” 

“वनमा काठ कटानी गर्दा अनियमियता भएको छ भने त्यसको छानविन हुनुपर्छ । साधारणसभा नै बोलाएर वैज्ञानिक वन व्यवस्थापन लागू भएका सामुदायिक वनले कार्य योजना बनाइ स्वीकृत भएपछि रुख कटानी गरेका हुन्” भगवती सामुदायिक वनका अध्यक्ष केशव सिंह धामीले भन्नुभयो, “अनियमियतता नै भएको हो भने सामुदायिक वनको साधारणसभा बोलाई उपभोक्ताको राय आउने गरी पुनःनिष्पक्ष छानविन गरिनुपर्छ ।” “वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू नभएका वनको काठ दाउरा समेत सङ्कलनमा रोक लगाइएको छ । त्यो खुला हुनुपर्छ” उहाँले भन्नुभयो । कञ्चनपुरका ११ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ ।