७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कोरोना कहरमा अपाङ्गतामैत्री सहजीकरणमा स्थानीय तह

कोरोना कहरमा अपाङ्गतामैत्री सहजीकरणमा स्थानीय तह
symbolic picture
अ+ अ-

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ का दृष्टिविहीन खिलप्रसाद तिमल्सिनालाई विपद्को अवस्थामा जीविकोपार्जन गर्न निकै कठिन हुने गर्छ । विपद्मा सबैभन्दा बढी समस्या अपाङ्गता भएका व्यक्तिलाई हुने भएकाले स्थानीय तहको वडा तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिमा अपाङ्गता भएका व्यक्तिको पनि प्रतिनिधित्व हुनुपर्ने आवाज उहाँले उठाउँदै आउनुभएको छ । तिमल्सिनाले आफूहरू शारीरिकरुपमा कमजोर भए पनि सम्भव काम गरेर खान चाहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेतीपातीले एक महिनामात्रै खानपुग्ने मेरो परिवारले कोरोनाको समयमा काम गर्न नपाउँदा निकै समस्या झेलिरहेका छौँ, यसको सुनुवाइ सरोकारवाला निकायले छिट्टै गरोस् भन्ने चाहेका छौँ ।”

विषम परिस्थितिमा हाल सो नगरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सञ्चालन गरेको ‘कोभिड–१९ को प्रतिकार्यमा अपाङ्गता समावेशीकरण’ परियोजनाले अपाङ्गता भएका स्थानीय व्यक्तिको जीवनशैलीमा परिवर्तन आउने उहाँको विश्वास छ । तर, विपद्मा सबैभन्दा बढी जोखिम वृद्ध, बालबालिका र अपाङ्गता भएका व्यक्ति नै हुने भएकाले जोखिम न्यूनीकरण समितिमा अपाङ्गता भएका व्यक्तिलाई राख्न सहज नभएको सो पालिकाका प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षेनी अपाङ्गता भएका व्यक्ति केन्द्रित सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ, सहज वा विषम परिस्थितिमा अपाङ्गता वर्गलाई नगरले प्राथमिकतामै राखेको छ ।” नगरको कार्ययोजनाले सबै अपाङ्गता भएका व्यक्ति समेटिएको उहाँले जिकिर गर्नुभयो । 

मण्डन देउपुरकै ६ नम्बर वडा निवासी शारीरिक अपाङ्गता भएको एवं अपाङ्गता महिला सङ्घको महासचिव पम्फा पुर्कुटी परियोजनाको अपाङ्गतामैत्री सूचना सामग्रीका कारण अपाङ्गता भएका व्यक्तिको जीवनमा परिवर्तन हुँदै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उहाँहरूले समुदायस्तरका आफ्ना हकहित तथा पाउने सेवा लिन थाल्नुभएको छ, जोखिम न्यूनीकरण तथा विपद्मा राहत पाउने विधिलगायतमा अहिले उहाँहरूको ध्यान केन्द्रित हुँदै गएको छ ।” परियोजनाको फोकल पर्सनसमेत रहनुभएका पुर्कुटीका अनुसार परियोजनामार्फत क्षमता अभिवृद्धिका तालीम भइरहेका छन् । नगरमा पाँच सयभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको उहाँले बताउनुभयो । काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिकास्थित शारीरिक अपाङ्गता भएका व्यक्ति एवं स्थानीय अपाङ्गता संस्थाका संयोजक चन्द्र लामा परियोजनाबाट सो समूहका स्थानीय व्यक्तिले केही लाभ लिइरहेको बताउनुहुन्छ । “परियोजनाले जीवनयापनमा सहजता ल्याउने सूचना सामग्रीसँगै क्षमता अभिवृद्धिका कार्यक्रमले यहाँका त्यस्ता व्यक्तिमा आकर्षण देखिएको छ, उनीहरूका आवश्यकताअनुसारका राहत दिलाउने आश्वासन पाएका छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई परियोजनाको सेवामा आबद्ध हुन आग्रह गरिएको उहाँले बताउनुभयो । 

कोरोना भाइरसका कारण अपाङ्गता भएका व्यक्तिको जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले यस विषम परिस्थितिमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सीबीएमको साझेदारीमा सञ्चालित ‘कोभिड–१९ को प्रतिकार्यमा अपाङ्गता समावेशीकरण’ नामक परियोजना काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नपा र भुम्लु गाउँपालिका तथा सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकामा सञ्चालन गरिएको छ । परियोजना सञ्चालित स्थानीय तहमा भौतिक पूर्वाधार ९क्वारेन्टिन, स्वास्थ्य केन्द्र र बास केन्द्र० तथा सञ्चार सेवामा अपाङ्गता भएका व्यक्ति लक्षित पहुँचयुक्त गतिविधि भइरहेको परियोजनाकोे कार्यक्रम अधिकृत सुरक्षा ढुङ्गानाले बताउनुभयो । “कार्यक्रमले अपाङ्गता भएका व्यक्तिले अब सूचना र सञ्चारका लागि अन्य समयजस्तै अवरोधको सामना गर्नुपर्ने छैन भन्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार क्षमता अभिवृद्धि तालीमले अपाङ्गता भएका व्यक्ति परिवार तथा समाजमा नयाँ काम तथा सहजीकरण गर्न हौसिएको पाइएको छ ।  

नेपालको संविधान विसं २०७२ को धारा २७ तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ९पहिलो संसोधन, २०७५०ले अपाङ्गता भएका व्यक्तिको सूचनाको हकलाई सुनिश्चित गरेको छ । नेपालले अनुमोदन गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा २१ मा पनि यस हकको ब्याख्या गरिएको छ । उक्त महासन्धिको धारा ९ ले सबै किसिमका सूचना तथा सञ्चारप्रणाली पहुँचयुक्त हुनुपर्ने स्पष्ट उल्लेख गरेको छ । संयुक्त राष्ट्र सङ्घीय दिगो विकास लक्ष्य ९नं १००मासमेत अपाङ्गता भएका व्यक्तिको सामाजिक, आर्थिक र राजनीतिक मूल प्रवाहीकरणमा जोड दिँदै उनीहरूको अर्थपूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था गरेको छ । रासस