७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

हाते ट्रयाक्टर प्रयोगमा वृद्धि

हाते ट्रयाक्टर प्रयोगमा वृद्धि
अ+ अ-

डोटी । पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित हुन थालेका छन् । उनीहरुले हाते ट्रयाक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन् । ती औजारको प्रयोगले समय र श्रम दुवै कम हुने भएकाले उनीहरु ती औजारप्रति बढी आर्कषित हुने गरेका हुन् ।गोरुले जोत्नुभन्दा हाते ट्रयाक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने दिपायल पिपल्लाकी देबकी कठायत खड्काले बताउनुभयो । “महिलाले पनि सजिलै जोत्न सक्ने मिल्ने भएका कारण जिल्लामा हाते ट्रयाक्टरको माग बढ्दै गएको हो,” उहाँले भन्नुभयो, “पछिल्लो समय मैले पनि हाते ट्रयाक्टरले खेत जोत्न थालेकी छु, राम्रै भएको छ ।” यहाँका अधिकांश किसानले गोरुले खेत जोत्नुको सट्टा हाते ट्रयाक्टरले खेत जोत्न थालेका छन् । यसका साथै जिल्लामा धान चुट्न तथा गहुँ काट्नका लागि थ्रेसर औजारको प्रयोग पनि बढ्दै गएको छ । 

गोरुले एकदिनमा जोत्ने खेत हाते ट्रयाक्टरले एक-दुई घण्टामा सक्ने भएकाले समय र श्रमसमेतको बचत हुने सिलगढी नगरपालिका–३ बाँफी गाउँका हिक्मतबहादुर साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गोरु नलाग्ने ठाउँसमेतमा हाते ट्र्याक्टर लैजान र जोत्न सकिने भएकाले यसको राम्रो माग छ, छिटो छरितो कामगर्न निकै उपयोगि साधन छ हाते ट्र्याक्टर ।” पछिल्लो समय जिल्लामा हाते ट्रयाक्टर तथा थ्रेसर औजार खरीद गर्नेको सङ्ख्या बृद्धि हुँदै गएको प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कृषि यन्त्रको माग बढेपछि कतिपय किसानलाई हामीलेपनि अनुदानमा कृषि यन्त्र दिन थालेका छौँ, कतिपयले त आफैँ पनि किनेर प्रयोग गर्ने गरेको पाइएको छ ।” निर्देशनालयले आधुनिक उपकरणमा अनुदान दिँदै आएको र जिल्लाभर १०० भन्दाबढी किसानले अनुदानमा विभिन्न कृषियन्त्र पाएको जनाएको छ । शहर बजार तथा समथल क्षेत्रमा भन्दा पनि यहाँका ग्रामीण क्षेत्रका खेतमा कृषि औजारको बढी प्रयोग हुने गरेको किसान बताउछन् ।