१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 39;
अ अ+ अ-

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो ।

उहाँले वैशाखयता मात्र जिल्लाका १४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरिसकेको बताउनुभयो । “नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा व्यक्ति स्वयं उपस्थित हुनुपर्छ तर कार्यालयसम्म आउन नसक्ने अपाङ्गता भएकाहरूलाई भने जनप्रतिनिधिमार्फत अपाङ्गता पहिचान गरी वडाले नै सबै कागजात बनाइसकेपछि घरमै नागरिकता प्रदान गर्ने गरिएको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो ।

अपाङ्गता भएको छोरालाई नागरिकता बनाउन सदरमुकाम लिन नसक्दा उमेर पुगेको आठ वर्षपछि टोलीले घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको मेन्छ्यायेम–४ का भवानीप्रसाद लिम्बूले बताउनुभयो “बोल्न, सुन्न र हिँड्न नसक्ने २४ वर्षीय छोरालाई बोकेर जिल्ला सदरमुकाम जान सकेका थिएनौँ । हालै प्रमुख जिल्ला अधिकारीसहितको टोली घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

स्थानीय मन्दिरा खतिवडाले पनि मेरुदण्डमा समस्या भएकी छोरीलाई छोरीलाई घरमै आएर नागरिकता प्रदान गर्दा सहज भएको बताउनुभयो । “ बोल्न, सुन्न, हिँडडुल गर्न नसक्ने छोरीलाई बोकेर सदरमुकाम पुर्याउन निकै गाह्रो थियो । लामो कच्ची बाटोमा गाडीमा लिन पनि समस्या छ । पहिला अपाङ्गताको कार्ड बनाउन जाँदा मुस्किलले बोकेर लगिएको थियो, अहिले नागरिकता भने घरमै पाइयो”, उहाँले खुसी व्यक्त गर्नुभयो ।

यहाँ शुक्रबार पनि मेन्छ्यायेम गाउँपालिकाका बौद्धिक अपाङ्गता भएकी वडा नं ६ की बालकुमारी थापा र वर्षा नेपाली, शारीरिक अपाङ्गता भएकी वडा नं ५ की प्रमिला खतिवडा, वडा नं ४ का विमल लिम्बू र सञ्सिता लिम्बूलाई घरमै गएर जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको थियो । यस्तै पालिकामा शनिबार पनि पाँचजना अपाङ्गता भएकाहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।