५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलको सहज जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगामा रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियलले स्पान्योललाई ४–१ गोलले हराएको हो ।

घरेलु टोलिलाई फराकिलो जित दिलाउन ड्यानी कार्भाहाल, रोड्रिगो, भिनिसियस जुनियर र किलियन एम्बाप्पे (पेनाल्टी)ले एक–एक गोल गरे । यता, रियलकै गोलकिपर कोर्तुआले आत्मघाती गोल गरेपछि स्पान्योलले एक गोल पाएको थियो ।

५४ औं मिनेटमा जोफ्रे कारेरासले क्रस गरेको बल कोर्तुआको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । यसै गोलबाट स्पान्योलले सुरुवाती अग्रता बनाएको थियो ।

तर, ५८ औं मिनेटमा कार्भाहाल, ७५ औं मिनेटमा रोड्रिगो, ७८ औं मिनेटमा भिनिसियस र ९० औं मिनेटमा पेनाल्टीमार्फत एम्बाप्पेले गोल गर्दै रियललाई जित दिलाए ।

जितसँगै रियल ६ खेलबाट १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने स्पान्योल ७ अंकका साथ १३ औं स्थानमा छ ।