५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमले ब्रेन्टफोर्डलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराएको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन डोमिनिक सोलान्की, ब्रेनन जोनसोन र जेम्स म्याडिसनले गोल गरे । ब्रेन्टफोर्डका ब्रायन एम्बेउमोले एक गोल गरे ।

खेलको सुरुवाती मिनेटमा नै एम्बेउमोले गोल गर्दै पाहुना टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । ८ औं मिनेटमा सोलान्कीले गोल गर्दै टोटेनहमलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि २८ औं मिनेटमा जोनसोन र ८५ औं मिनेटमा म्याडिसनले गोल गर्दै टोटेनहमलाई ३–१ को जित दिलाए ।

जितसँगै टोटेनहम ५ खेलबाट ७ अंकका साथ १० औं स्थानमा छ भने ब्रेन्टफोर्ड ६ अंकका साथ १२ औं स्थानमा छ ।