८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

अफगानिस्तानको राजधानी काबुलमामा रकेट प्रहार हुँदा आठ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमामा रकेट प्रहार हुँदा आठ जनाको मृत्यु
अ+ अ-

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रकेट प्रहार हुँदा आठ जनाको मृत्यु भएको छ। शनिबार बिहान कार्यालय समयमा काबुलको वस्तीमा थुप्रै रकेटहरू प्रहार भएका थिए। रोयटर्सका अनुसार त्यसमा परी आठ जना नागरिकको मृत्यु र ३१ जना घाइते भएका छन्। आन्तरिक मन्त्रालयका प्रवक्ता तरिक अरियनले पनि सो संख्या पुष्टि गरेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ जनाको शव र २१ जनालाई अस्पताल लगिसकेको छ।आतंककारीहरूले १४ वटा रकेटहरू सानो ट्रकमा हालेर प्रहार गरेको प्रवक्ता अरियनले बताउनुभयो। त्यस्तै ट्रक शहरमा कसरी पसेको बारे पनि अनुसन्धान भइरहेको उँहाले जानकारी दिनुभयो । केही स्थानियले भने रकेट प्रहार गरेको भिडिओहरू समेत खिचेका छन्। ती भिडिओहरू खिचेर उनीहरूले सामाजिक सञ्जालमा हालेका छन्। आक्रमणपछिका तस्विर तथा भिडिओहरू पनि सार्वजनिक भएका छन्। ती तस्विरमा कारहरू बिग्रिएका, घरहरू भत्किएको झ्यालहरू फुटेको देखिन्छ। 

एक रकेट भने काबुलस्थित इरानी दूतावास परिसरमा पनि लागेको थियो। दूतावासले यस सम्बन्धी विज्ञप्ती जारी गर्दै कुनै मानविय क्षति नभएको बताएको छ। तालिबानले यस आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको बताएको छ। पछिल्लो समयमा ५ लाख जनसंख्या रहेको काबुलमा तालिबान र अरू अतिवादी समुहहरूबाट आक्रमण हुने क्रम बढ्न थालेको छ।