७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कोरोना बारे सचेतना फैलाउन जनप्रतिनिधि घर-घरमा पुगौं- अध्यक्ष तिमिल्सिना

कोरोना बारे सचेतना फैलाउन जनप्रतिनिधि घर-घरमा पुगौं- अध्यक्ष तिमिल्सिना
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ। काठमाडौंमा शनिबार आयोजित ‘कोभिड-१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले  कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताउनुभएको हो।

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो। ‘जनताले आफ्नो प्रतिनिधिलाई बढी बिश्वास गर्छन्, ’बागमती प्रदेशका सांसदहरू सहभागी कार्यक्रममा उहाँले भन्नुभयो, ‘आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाईँ हामी सबैको हो।’ उहाँले कोरोनाको महामारी सुरु हुँदा र अहिले लाखौंको संख्यामा पुग्दा एउटै धारणा वा तयारीले नपुग्ने भएकाले परिस्थितिअनुसार सरकारले योजना बनाउनुपर्ने बताउनुभयो। त्यसैगरी जनप्रतिनिधिले पनि विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड तथा सरकारको निर्देशनलाई कार्यन्वयनमा साथ दिनुपर्ने  धारणा तिमिल्सिनाले राख्नुभयो।
‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्नै आग्रह गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘अहिले संक्रमण लाखौंमा पुगिसकेको र उपचार नभएको अवस्थामा जनप्रतिनिधिले भोट माग्न पुगेजस्तै घर-घरमा जनचेताना फैलाउन पुग्न जरुरी छ।’

महामारीलाई नियन्त्रण सम्बन्धि सचेता फैलाउनका लागि राजनीतिक दलले आफ्ना संगठनहरूलाई पनि गाउँ(गाउँमा परिचालिन गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो। ‘आपत परेको बेला हामी  जनतामा पुगेर आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘राजनीतिक दल सँगै नागरिक समाज र निजी क्षेत्रले पनि महामारी नियन्त्रणका लागि सकारात्मक सहयोग गर्न सक्दछ।’कोरोना विकसित मुलुकमा समेत भयावह भैरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले पैसाले नभई स्वास्थ्य मापदण्डको पालना गर्दा कोरोना नियन्त्रण हुने बताउनुभयो।

अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताउनुभयो। उहाँले कोरोनाको उपचार नभएकोले यसको नियन्त्रणका लागि सरकार र स्वास्थ्यकर्मी सँगै सांसद,  स्थानीय जनप्रतिनिधि र जनताको भूमिका जरुरी हुने बताउनुभयो।  ‘सरकारले सुरुमा जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको थियो,’ मन्त्री ढकालले भन्नुभयो, ‘तर, नेपालमा हालसम्म १६ लाख ५० हजारको कोरोना परीक्षण भइसकेको छ। अहिलेको अवस्थालाई हेर्दा करिब दुईप्रतिशत नेपाली संक्रमित हुनसक्ने अनुमान गरेर सरकारले तयारी गरिरहेको छ।’ उहाँले संघ, प्रदेशस्तरीय अस्पतालको स्तरउन्नती र सबै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढाएको जानकारी दिनुभयो।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डाक्टर विनोदप्रसाद गुप्ताले कोभिड-१९ पछाडिको विज्ञान बारे सांसदहरू बीच प्रस्तुतिकरण गर्नुभएको थियो। त्यसैगरी स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चार विज्ञ डा। सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिड सम्बन्धि अफवहा तथा गलत सूचनाको प्रतिकारमा निर्वाचित प्रतिनिधिको भूमिका बारे प्रस्तुतिकरण दिनुभएको थियो। स्वास्थय संगठनका विज्ञहरूले सरकारले बिरामीको परिक्षण, आइसोलेसन व्यवस्थापन, उपचार तथा सम्पर्कमा आएका व्यक्तिहरुको खोजतलास, क्वान्टाइनको व्यवस्थापन गर्न र जनतालाई सूचित गर्नुपर्ने बताउनुभयो। 

त्यसैगरी सबै व्यक्तिको दायित्वका रुपमा  भौतिक दूरी कामय गर्ने, मास्कको उचित प्रयोग गर्ने र बेला बेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको वर्तमान अवस्था र सरकारले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको थियो। संघीय संसद राष्ट्रिय सभाको संयोजन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बागमती प्रदेशको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रमलाई विश्व स्वास्थ्य संगठनले प्राविधिक सहयोग गरेको हो। यसअघि प्रदेश-२, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेशसभा सदस्यको सहभागिता अन्तर्क्रिया कार्यक्रम सम्पन्न भइसकेको छ  भने मंसिर ८ गते लुम्बिनी प्रदेश र १६ गते प्रदेश-१ मा हुनेछ।