१९ असार २०८३, शुक्रबार
,
Latest
आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार र टिपर ठोक्किदा कारमा सवार २४ वर्षीय पुरुषको मृत्यु



अ+ अ-

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते जानकारी दिनुभयो । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी  सुधीर सुवेदी गम्भीर घाइते हुनुभएको छ । एक जनाको सामान्यावस्था छ ।

घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडाँै ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।