७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बिग बोस सिक्सकी प्रतिस्पर्धी सना खान मौलानासँगको विवाहका कारण चर्चामा

बिग बोस  सिक्सकी प्रतिस्पर्धी सना खान मौलानासँगको विवाहका कारण चर्चामा
अ+ अ-

एजेन्सी । बलिउड र अभिनयको दुनियाँलाई अलविदा भनिसकेकी बिग बोस सिक्सकी प्रतिस्पर्धी सना खान आजकाल आफ्नो विवाहका कारण चर्चामा आइरहेकी छिन् । केही महिनाअघि सना खानले आफ्नो मनोरञ्जन जगतलाई छोड्ने निर्णयबारे सबैलाई जानकारी दिएकी थिइन् । अब उनले अचानक विवाह गरेकी छिन् । उनी आफैंले विवाहको जानकारी त दिएकी छैनन् तर यो विवाहको एउटा भिडियो भने सार्वजनिक भएको छ । सना आफ्नो कामका लागि कम र विवादका कारण बढी चर्चामा हुन्छिन् ।

बोल्डनेसः
सना खानले सन् २००५ मा ‘ये है हाई सोसाइटी’ बाट बलिउठमा कदम राखेकी थिइन् । यो एउटा लो बजेट अडल्ट फिल्म थियो । त्यसपछि उनी टिभी कमर्सियल र थुप्रै विज्ञापनमा पनि देखिइन् । बलिउड छोड्ने बेलासम्म सनाको बोल्ड अवतार चर्चामा रहन्थ्यो । 

बलिउडलाई भनिन् बाइबाइः
सना खानले  सोसल मिडियामा अचानक आफूले मनोरञ्जन जगतलाई अलविदा भनेको घोषणा गरिन् । उनले सोसल मिडियाबाट आफ्ना पुराना तस्बिर पनि डिलिट गरिन् । जतिपनि तस्बिर उनको सोसल मिडियामा पोस्ट भएका छन्, ती सबैमा उनले हिजाब लगाएकी छिन् ।

 

मौलवीसँग विवाहः
अब सना खान आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले गुजरातमा मौलाना मुफ्ती अनससँग विवाह गरेको व्यापक चर्चा छ जसको एउटा भिडियो असाध्यै चर्चामा आएको छ ।