५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा फ्रेञ्च क्लब पिएसजीले स्पेनिस क्लब जिरोनालाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा पिएसजीले जित निकाल्न उपहार गोल पाउनुपर्यो । खेल सकिनै लाग्दा जिरोनाका गोलकिपर पाउलो गाजानिगाले आत्मघाती गोल गर्न पुगेपछि पिएसजीले जितको स्वाद चाखेको हो ।

खेलको ९० औं मिनेटमा पिएसजीका नुनो मेन्डिसले प्रहार गरेको बल गोलकिपर पाउलोको टाङ मुनिबाट फुत्काएपछि बलले जाली चुमेको थियो ।

जितसँगै पिएसजीले ३ अंक जोडेको छ ।