१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

सत्य सूचनाका चार बर्ष

सत्य सूचनाका चार बर्ष
अ अ+ अ-

हामीले सत्य सूचनायात्राको चार बर्ष पूरा गरेर पाँच बर्षमा प्रवेश गरेका छौँ । सुन्दा चार बर्षमात्र लागे पनि यो यात्राले अनेक कल्पनीय र अकल्पनीय आरोह अवरोह पार गरेको छ । यस क्रममा जोडिएर हामीलाई साथ र सहयोग प्रदान गर्नुहुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । साथै यो यात्रालाई अनन्त यात्रासम्म पुर्याउनका लागि यहाँहरुको साथ र सहयोग अहिलेकै जस्तो अपेक्षित छ ।

वास्तवमा सूचनाका दायाराहरु दिनप्रतिदिन फराकिलो बन्दै छन् तर मिडिया भने साँघुरिँदैछन् । यही घेराभित्रबाट हामीले सेवा दिनुपर्नेछ र नागरिकलाई बढीभन्दा बढी मात्रामा सुसूचित गर्नुपर्नेछ । तर यो सेवाका लागि हामी प्रतिबद्ध छौँ र यहाँहरुले छोटै समयमा हामीलाई प्रदान गरिरहनुभएको माया र सद्भावबाट आगामी दिनका लागि थप उत्साहित भएका छौँ । त्यसैले हामी आगामी यात्रा थप सशक्त र विस्तारित बनाउँदै अघि बढ्ने प्रण पनि आजकै दिनमा गर्दछौँ ।

विश्वव्यापी कोरोना महामारीबाट थलिएका हामी विस्तारै उठ्दै छौँ । जब अकल्पनीय महामारीले विश्वलाई नै छोयो त्यस बखत हामी पनि अछुतो रहने कुरा थिएन, भएनौँ । महामारीले एकपछि अर्काे गर्दै नेपाली जनजीवनलाई थला पार्दै गयो र यसले मिडियालाई पनि नराम्ररी छोयो । जसका कारण नेपाली मिडिया पनि नराम्ररी घाइते भए । त्यस बखत अखबारहरु त पूरै शिथिल नै भए । प्रकाशनको तारतम्य समेत मिलाउन नसकेर प्रकाशन नै बन्द गर्नुपर्ने अवस्थामा धेरै पुगे र कतिले बन्द पनि गरे ।

ती अखबारहरु पछि त उठे तर पूर्ण स्वस्थ भएर होइन । जब अखबारहरु प्रकाशन गरी घरघर पुग्ने अवस्था थिएन टेलिभिजनले जुनी फेर्ने कुरा त झनै भएन । यी परम्परागत भनिएका मिडियाले अस्तित्वको संघर्ष गरिरहँदा नागरिकको आशा र भरोसा अनलाइन मिडिया माथि थपिएको थियो । हामी जन्मिँदैदेखि यस्तो गाह्रो गर्भबाट जन्मियौँ, तर अधिकांश नागरिकको भरोसा भने अनलाइनमाथि चुलिँदै थियो । यो जिम्मेबारीबाट हामीले हाम्रो यात्रालाई पाइला फुकी फुकी अघि बढाएका थियौँ । जोगीका घरमा सन्याशी पाहुना भनेजस्तै भएका मिडियाहरु घर र कोठाभित्रै सीमित भइरहनुपरेको अवस्थामा हामीले भने सत्य सूचनाको भारी बोक्दै लौरो टेकेर अघि बढ्ने चेष्टा गरेका थियौँ ।

यस्तै यस्तै जंघार छिमलेर आज यहाँसम्म सकुशल आइपुगेका छौँ । मुलुक अहिले पनि ‘पोष्ट कोरोना एरा’ मा छ भन्दा हुन्छ । मुलुकको अर्थतन्त्र जुरुक्क उठ्न सकेको छैन भने महामारीले थला पारेको पर्यटन क्षेत्र यसो उठ्ने तरखरमा सल्बलाउँदैछ । अर्थको आडमै हो मिडिया बाँच्ने पनि । विज्ञापनमा अडिनुपर्ने व्यवसाय अर्थको आडै नपाई केमा टेक्नु ? त्यसैले मुलुकको मिडिया क्षेत्र पनि व्यापार ब्यवसायको पछिपछि उठ्न धुलो टकटकाउँदैछ । यही भिडको बीचतिर कतै छौँ हामी पनि । महामारीबाट बँचेर उठ्न खोजेको बिरामीजस्तै अरु मिडियाहरुकै वरिपरि हामी पनि यसो धन्तङाउँदै छौँ । आजको यस अबस्था र अवसरमा अबको यात्रा हिजोको जस्तो नहोस् भन्ने हाम्रो कामना छ र त्यो संसारको कल्पना कसैले पनि गर्न नचाहेकाले हाम्रो आगामी दिनहरुप्रनि सबैको शुभेच्छा पनि अपेक्षित नै छ ।

सञ्चारमाध्यको संख्या साँघुरिँदै गए पनि सूचनाको बजार भने तन्किँदै गएको छ । पहिलेजस्तो अक्षरलाई कम्पोज गरेर छापाखानाबाट खबर रातरभर छापेर निकाल्नुपर्ने अवस्था अब छैन । बरु एक क्लिकमै आजको सूचना विश्वव्यापी बन्दैछ । यही खबरको प्रतिस्पर्धी दुनियाँकै भिडमा हामी पनि छौँ । आगामी दिनको यात्राको यो प्रण गर्छौँ कि यो भिडमा हामी हराउने होइन कि फरक उपस्थितिका साथ रहने छौँ । हामीले प्रिय पाठकहरु त खोजौँला तर पनि त्यो भन्दा बढी पाठकहरुले हामीलाई खोजिरहने अवस्था हामी सिर्जना गर्नेछौँ । यसका लागि आजैको यस अवसरमा हामीलाई सबै पाठकहरुको आशीर्वादको आवश्यकता छ ।

संविधान दिवसको दिन पारेर सुरु गरिएको हाम्रो यात्राले आज चार बर्ष पूरा गरेको छ । आज मुलुकले नवौँ संविधान दिवस मनाइरहेका अवसरमा हामी पनि शुभकामना व्यक्त गर्दछौँ । संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रताकै धरातलमा हामी उभिएकाले यो संविधानको रक्षा हाम्रो पनि प्रमुख कर्तव्य हो भन्ने हामीले बोध गरेकै छौँ र प्रेस एवं नागरिक स्वतन्त्रताप्रेमी सबैमा संविधान रक्षा र पालनाका लागि आह्वान पनि गर्दछौँ । यो यात्रामा हरसम्भव साथ दिई यहाँसम्म आइपुग्ने सबै कर्मचारी साथीहरु विशेष धन्यवादका पात्र छन् । साथै हामीलाई माया गर्नुहुने सबैमा शुभकामना र धन्यवाद छ ।

ताजा, नयाँ र सत्यतथ्य सूचना पस्किने हाम्रो काम निरन्तर रहने छ । सूचनाको यो अविरल यात्रामा अहिलेजस्तै स्पात र अब्बल भएर आगामी दिन पनि पाठकहरुको मनमुटुमा रहीरहन सकौँ । सबैमा हाम्रो धेरै धेरै शुभकामना र धन्यवाद ज्ञापन गर्दछौँ ।