१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान

‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान
अ अ+ अ-

भक्तपुर: वरिष्ठ पत्रकार देवेन्द्र गौतमको नाममा स्थापना भएको नगद रु एक लाखसहितको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।

वरिष्ठ पत्रकार गौतमको दोस्रो स्मृति दिवसको अवसरमा आज भक्तपुरमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले आयोजना गरेको पुरस्कार समर्पण तथा पुस्तक विमोचन समारोहमा घिमिरेलाई प्रालिका अध्यक्ष प्रदीपा गौतमले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

त्यसैगरी नगद रु ५० हजारसहित अर्का पत्रकार रघुनाथ घिमिरे र नगद रु ५० हजारसहित ‘जी ब्लक मेकर’ गेहेन्द्रमान अमात्यलाई उहाँले सम्मान गर्नुभयो । पुरस्कृत व्यक्तित्व श्रेष्ठले देशमा प्रजातन्त्र ल्याउन पत्रकार गौतमको ठूलो भूमिका रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा प्रजातन्त्र ल्याउन गौतमको योगदान कम छैन, उहाँले पनि ठूलो जेल, नेल, त्याग, तपस्या र बलिदान प्रजातन्त्र प्राप्तिमा रहेको छ ।”

अर्का पुरस्कृत व्यक्तित्वहरु घिमिरे र अमात्यले पत्रकार स्व गौतमले गरेको पत्रकारिताको योगदानको चर्चा गर्दै धर्म, कर्म र मर्मअनुसार उहाँले पत्रकारिताको विकासमा योगदान पु-याएको बताउनुभयो ।

धेरै पत्रकारले पत्रकारिता पेशाबाट ठूला लाभ लिएको तर पत्रकार स्व गौतम कुनै लोभ र लाभमा नपरी निष्पक्ष, निर्भिक र निडर रुपमा पत्रकारिता गर्ने व्यक्तित्व भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा हरेक वर्ष उहाँको स्मृतिमा पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गर्दै पत्रकारितामा स्व गौतमको योगदानलाई जीवन्त राख्न पुरस्कार स्थापना गरिएको संस्थाका अध्यक्ष प्रदीपा गौतमले बताउनुभयो ।रासस