१९ असार २०८३, शुक्रबार
,
Latest
आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा अध्यक्ष दाहाल र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी बीच भेटवार्ता



अ+ अ-

काठमाडौं ।  नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता  गर्नुभएको छ । खुमलटार स्थित दाहालको निबासका सोमबार बिहान भेटवार्ता भएको हो । सत्तारुढ दल भित्र अन्तरबिरोध  बढिरहेको र चीन बाट रक्षामन्त्रीको भ्रमण पनि हुन लागिरहेको बेला राजदुत यान्छीले भेटवार्ता गर्नुभएको हो ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने तय भएको छ। यस अघि पनि नेकपा भित्र अन्तरबिरोध हुँदा राजदुत यान्छीले राष्ट्रपति बिद्यादेबी भण्डारी , प्रधानमन्त्री केपी ओली, अध्यक्ष दाहाल  बरिष्ठ नेता माधबकुमार नेपाल  संग पटकपटक भेटवार्ता गर्नुभएको थियो । आन्तरिक राजनीतिमा चीन सक्रिय भएको भन्दै केही पक्ष बाट आलोचना समेत भएको छ ।