मकवानपुर । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं ७ बस्ने २३ वर्षिय तिर्थराज चेपाङलाई ४६ किलो गाँजा सहित सोमबार राती प्रहरीले पक्राउ गरेको छ । चेपाङले कालो झोला बोकी जमिनमा जेव्रा झोला र प्लास्टीकको बोराको पोकाहरु लिई शंकास्पद अवस्थामा बसीरहेकोमा निजको शरीर तथा निजले बोकेको झोला बोराको पोकाहरु चेक गर्दा उक्त परिमाणको लागु औषध प्रहरीले फेला पारेको हो ।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं .८ सिम्पानी स्थीत पुर्व पश्चिम लोक मार्ग सडक खण्डमा ई.प्र.का. मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको टोलिले पक्राउ गरेका हुन् । यस सम्बन्धमा स्गानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।











