१९ असार २०८३, शुक्रबार
,
Latest
आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा ४६ किलो गाँजा सहित २३ वर्षिया युवक पक्राउ



अ+ अ-

मकवानपुर । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं ७ बस्ने २३ वर्षिय तिर्थराज चेपाङलाई ४६ किलो गाँजा सहित सोमबार राती प्रहरीले पक्राउ गरेको छ । चेपाङले कालो झोला बोकी जमिनमा जेव्रा झोला र प्लास्टीकको बोराको पोकाहरु लिई शंकास्पद अवस्थामा बसीरहेकोमा निजको शरीर तथा निजले बोकेको झोला बोराको पोकाहरु चेक गर्दा उक्त परिमाणको लागु औषध प्रहरीले फेला पारेको हो ।

मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं  .८ सिम्पानी स्थीत पुर्व पश्चिम लोक मार्ग सडक खण्डमा ई.प्र.का. मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको टोलिले पक्राउ गरेका हुन् । यस सम्बन्धमा स्गानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।