७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बलिथुङमा एक घर, एक धारा जडान

बलिथुङमा एक घर, एक धारा जडान
अ+ अ-

लमजुङ । सुन्दरबजार नगरपालिका– ८ बलिथुङमा एक घर एक धारा जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको रु ५९ लाख ८५ हजार ८८८  र  च्वाइस नेपाल जिल्ला शाखा लमजुङको रु ११ लाख आर्थिक सहयोगमा यहाँका ५५ घरमा घरैपिच्छे धारा जडान गरी पानी झारिएको छ ।  

टोलमा खानेपानीको कुनै स्रोत नहुँदा दुई घण्टा समय धाउनुपर्ने बाध्यता घरैपिच्छे धारा जडानले सहज बनाएको छ । एकहत्तर वर्षीया आइतमाया नेपालीले भन्नुभयो, “हामीलाई गाउँमा धेरै पानीको दुःख थियो । म बूढी मान्छे गाग्रीमा पानी बोकेर टाढाबाटा ल्याउन पनि नसक्ने तर नल्याएर पनि सुख थिएन । अहिले घरमै धारा जडान गरेर पानी आएपछि त धेरै सहज भएको छ । ” उहाँ मात्र होइन यहाँका अन्य बूढापाका तथा बालबालिकालाई समेत बढी फाइदा पुगेको छ । सबैले भने जति पानी उपयोग गर्न पाएको स्थानीयवासी बताउँछन् । वडाध्यक्ष कृष्णकान्त अधिकारीले भन्नुभयो,“हामीलाई  सबैभन्दा ठूलो आवश्यकता खानेपानीको थियो, अहिले पूरा हुँदा सबैलाई सहज भएको छ ।” विगतमा यहाँका बासिन्दाले खानेपानी अभावले डेढदुई घण्टा टाढा बूढी कुवा, वीरस्वाँरा र बेँसीशहर नगरपालिका–१ नयाँ गाउँसम्म पानी बोकेर ल्याउने गरेको उहाँले बताउनुभयो ।” 

वडाध्यक्ष अधिकारीका अनुसार सो टोलमा मात्र नभई वडाका अन्य स्थान रामदी, अकला र घोक्रेस्वाँरामा एक घर एक धारा जडान भइरहेको छ । रामदीका ८५ घरमा घरैपिच्छे धारा जडान गरी पानी पु¥याउनका लागि हाल रु ५० हजार र रु २० हजारको खानेपानी ट्याङ्की निर्माण भइरहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । यहाँ च्वाइस नेपालले रु ३५ लाखको लागतमा घरघरमै धारा पु¥याउन लागेको संस्था लमजुङका संयोजक सुकराम दुलालले बताउनुभयो । त्यस्तै अकलाका १६० घरमा च्वाइसले नै रु ५३ लाखमा घरैपिच्छे धारा पु¥याउने भएको छ । सो घरका लागि रु एक लाख बराबरको ट्याङ्की निर्माण प्रक्रिया अघि बढेको छ ।

त्यस्तै प्रदेश सरकारको लगानीमा घोक्रेस्वाँरामा ४७ घरमा घरैपिच्छे धारा जडान तीव्रगतिमा भएको छ । रु १०–१० हजारका तीन  ट्याङ्की निर्माण गरी सो घरमा धारा जडान गरेर पानी लैजाने कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । प्रदेश सरकारले लिएको लक्ष्य पछ्याउँदै जिल्लाका विभिन्न गाउँ तथा टोलमा एक घर एक धारा अभियान धमाधम लागू भइरहेको छ । प्रदेश सरकारले प्रदेशकै पाँच लाख १७ हजार घरमा पानीको धारा पु¥याउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार प्रदेश सरकारले सबै जिल्लामा लगानीसमेत गरिरहेको छ ।