७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

टोखाका  कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा

टोखाका  कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा
अ+ अ-

काठमाडौं । टोखा नगरपालिकाले ४४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमा गरेको छ ।  काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाले पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै तिनलाई रु एक लाख बराबरको बीमा गरेको हो । कोरोना बीमा गर्नेमा ६० जनप्रतिनिधि, १८२ कर्मचारी र २०६ कोभिड स्वयंसेवक  छन् । नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले टोखाका सबै जनप्रतिनिधि, कर्मचारी र कोभिड स्वयंसेवकको रु एक लाख बराबरको कोरोना बीमा गरिएको जानकारी दिनुभयो । टोखाले कोरोना बीमाका लागि रु दुई लाख ३५ हजार ६६० खर्च गरेको छ । 

यस्तै नगरपालिकाले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । टोखाले विपन्न परिवारको राहतका लागि रु एक करोड ४१ लाख ११ हजार ३६५, कन्ट्याक ट्रेसिङका लागि रु ३५ हजार, स्वयंसेवक, खाना तथा खाजा र अनुगमनका लागि रु १७ लाख ९८ हजार ३७० र  होम आइसोलेशन पोषण भत्ताका लागि रु २६ लाख ४० हजार ३०० खर्च गरेको छ । यस्तै प्राविधिक र सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक रु पाँच लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि रु चार लाख २९ हजार ७८६, आइसोलेशन सामग्रीका लागि रु २६ लाख ८४ हजार ७१८, आइसोलेशन वार्डमा शय्या खर्च रु नौ लाख ६६ हजार ८०५, आइसोलेशन र क्वारेन्टिनमा खाना तथा खाजाका लागि रु १३ लाख ७८ हजार ३८२ र  जोखिम प्रोत्साहन भत्ताका लागि रु एक करोड ८० हजार ९७९ खर्च भएको छ । 

यसैगरी ह्याण्ड वास स्टेशन निर्माणका लागि रु सात लाख ३२ हजार ३२१, मास्क, क्लोरिन, स्यानिटाइजर, पिपिइ र  थर्मल गन खरीदका लागि रु ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरीदका लागि रु चार लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि रु दुई लाख ६ हजार ७३१ र पिसिआर ल्याब शुल्कका लागि रु एक लाख ५० हजार खर्च भएको आर्थिक शाखा प्रमुख अधिकारीले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर पिसिआर परीक्षण र नगरवासीको उपचारलाई विशेष ध्यान दिइएको बताउनुभयो । टोखाले कोभिड–१९ का बिरामीको उपचारका लागि टोखामा आइसोलेशन सेन्टर स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।