१९ असार २०८३, शुक्रबार
,
Latest
आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ



अ+ अ-

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उहाँले शपथ लिनुुभएको हो । सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै बधाई ज्ञापन गर्नुभयो । उहाँ समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो ।

सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उहाँलाई निर्वाचित गरेको हो । नेपाल विद्यार्थी सङ्घबाट २०३७ राजनीतिमा प्रवेश गर्नुुभएका पाण्डे २०६४ सालको संविधानसभा निर्वाचनमा स्याङ्जाबाट विजयी हुनुभएको थियो । शपथपछि सञ्चारकर्मीका जिज्ञासामा सांसद पाण्डेले लोकतन्त्रको सुदृढीकरण र सङ्घीय संसद्को गरिमा बढाउने काममा केन्द्रित रहेर आफूले भूमिका खेल्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “संसदको गरिमालाई उच्च बनाउँदै प्रतिपक्षको भूमिकालाई सशक्त बनाएर आमजनताका बीचमा जेजस्तो धारणा विकास भएको छ, त्यसलाई चिर्दै सशक्त प्रतिपक्षको उचाइ दिन म प्रयत्न गर्ने छु ।”