१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ- सञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको बताउनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउनेगरी सूचना प्रविधिको विकास गर्न पनि यसको पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । गैर सरकारी संस्था महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘खुला सरकारः नागरिक साझेदारी’ सम्बन्धि ‘भर्चुअल’ कार्यक्रममा बोल्दै उहाँले नागरिक साझेदारी मोडलको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न सबै स्थानीय तहमा ‘एकीकृत मोबाईल एप’ संचालनको कामलाई अघि बढाएको पनि स्मरण गराउनु भयो । 

‘सबै स्थानीय तहमा नागरिकसँग सम्बन्धित कामलाई प्रभावकारी बनाउन मोबाईल एप संचालनको काम भईरहेको छ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘यसले सेवा प्रवाहको कामलाई प्रविधिको माध्यमबाट प्रभावकारी ढंगले संचालन गर्न र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न योगदान पु¥याउने छ ।’ मन्त्री गुरुङले विकट क्षेत्रमा रहेका नागरिकहरुलाई सूचना प्रविधिको पहुँचमा पु¥याउनका लागि स्थानीय तहको वडासम्मनै इन्टरनेटको सहज पहुँच पु¥याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्नु भयो । मुलुकको समृद्धिका लागि सरकारले नागरिकसँगको साझेदारीलाई जोड दिइरहेको मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउनेगरी उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।