१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार काठमाडौं उपत्यकामा थप १ हजार ७ जना संक्रमण



अ+ अ-

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा १ हजार ७ जना संक्रमित थपिएका छन् । योसंगै काठमाडौँ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ५ हजार ४ सय १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ५४ महिला र  ५ सय ५३ पुरुष रहेका छन् । काठमाडौंमा ८३ हजार ८ सय २५ जना, ललितपुरमा १२ हजार ३ सय ८७, भक्तपुरमा ७ हजार ५ सय २३ जना संक्रमित पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर भने थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म मुलुकमा २ लाख २२ हजार २८८ जनामा कोरोना संक्रमण भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २  लाख २ हजार ६७ जना कोरोना संक्रमित निको भइसकेका छन्। जसमध्ये आज मात्रै ३०४३ जना संक्रमित निको भएका छन्। आज १०३८२ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा १६ लाख ७० हजार ४५६ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ। यससँगै हाल मुलुकमा १८ हजार ८८४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।