१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’ रोग



file photo
अ+ अ-

बनियानी । झापाका विभिन्न स्थानका धानबालीमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ ((पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

झापाको अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका र कचनवलक गाउँपालिका क्षेत्रमा बढी मात्रा यो रोगको सङ्क्रमण देखिएको किसानले जानकारी गराएको उहाँले बताउनुभयो । “छिटफुट रुपमा जिल्लाभरि देखिएको छ, नियन्त्रणको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।

अनुगमन गरेर ज्ञान केन्द्रमार्फत किसानलाई क्षेत्रफलको आधारमा थोरै मात्रा भए पनि औषधि वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । धान खेतको ठाउँ–ठाउँमा गोलकार रुपमा यो रोगको उपचारका लागि भ्यालिडिमाइसिन र हेक्साकोनाजोल औषधि दुई मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर प्रयोग गर्न सकिने प्रमुख विष्टले बताउनुभयो । रोगका कारण बाला कम लाग्ने भएकाले धान उत्पादन घट्ने उहाँले बताउनुभयो ।

झापामा यो वर्ष ७५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको छ । गत वर्ष जिल्लामा ८५ हजार पाँच सय हेक्टरमा धान खेती गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका एक सय पाँच बिघामा नमूनाखेती गरिएको छ ।
किसानलाई प्रविधि अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भद्रपुरमा १० बिघा, बिर्तामोडमा सात बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमूना धानखेती गरिएको हो । जसमा ६० जना किसान आबद्ध छन् ।

कोशी प्रदेश सरकारको ‘कष्टम हायरिङ सेन्टर’मार्फत यान्त्रिकीकरण प्रवद्र्धन कार्यक्रम एनएमसी एग्रो फर्मसँग सम्झौता गरी कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनका रुपमा धान रोपाइँ गरेको निमित्त प्रमुख विष्ट बताउनुभयो । यसबाट किसानको २० प्रतिशत लागत घट्ने जनाइएको छ ।

किसानलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको छ । १०५ बिघा धान खेतीका लागि रु पाँच लाख ५० हजार अनुदान दिइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।