४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग

स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग
अ+ अ-

काठमाडौँ । कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरुले  अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन् । 

शंकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताउनु भयो । उहाँले यस्तो बेलामा सरकारले सहुलियत ऋण उपलब्ध गराएर स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिन माग गर्नुभयो । व्यवसायी बाँस्तोलाले व्यवसायीहरुले पनि एउटा पेशामा मात्रै आधारित भएर काम गर्नु नहुने बताउनु भयो । उहाँले राज्यले भरोसा नदिएको खण्डमा मजदुर र व्यवसायीहरु आफ्नो पेशाबाटै पलायन हुने अवस्था आइसकेको बताउनु भयो ।

व्यवसायी बाँस्तोलाले भन्नुभयो, ‘नेपाल सरकारसँग दर्ता भएर रहेका कम्पनीहरु छन् । जुन कम्पनी दर्ता गर्दा डिपोजिटको रुपमा पनि राज्य कोषमा वा बैंकमा हामीले पैसा राख्नुपर्ने हुन्छ । दुई वर्षको समयमा हामी अहिले कामहरु गर्न नसकेको अवस्था छ, कामहरु गर्ने वातावरण छैन । थुप्रै साथीहरु ऋण खोजेर वा ऋण खोजेको भए ब्याजमा पैसा लिएर, जुन तरिकाले अहिलेसम्म साथीहरु टिक्नुभएको छ अब टिक्ने अवस्था छैन । यो कुरामा आम व्यवसायीहरुले कसरी लिनुपर्छ भन्ने मलाई लाग्छ भने राज्यले परकम्पनी कति ट्याक्स तिरेको छ त्यो हेरेर हुनसक्छ, वा अरु कम्पनीहरुलाई जमानी राखेर हुनसक्छ । राज्यले एउटा एमाउण्ट व्यवसायीहरुलाई राज्यको तर्फबाट अलोकेट गरिदिनुपर्छ । त्यो लोन सटेन समयमा तिर्नेगरी मिनिमम ब्याजमा दिलाइदिनु पर्छ । तर पैसा दिँदैमा समस्याको समाधान हुन्छ भन्ने होइन । सटेन समयमा अर्को भेरियन्ट आउला त्यसले अर्को २ वर्ष लैजाला । त्यसैले पर्यटन व्यवसायलाई सँगसँगै जीवित गराउँदै अल्टेटेड बिजनेशमा पनि व्यवसायीहरुले जान आवश्यक छ । कोही नयाँ ढंगले एग्रिकल्चरमा जान सक्नुहोला । कोही अन्य सीप छ भने अरु व्यवसायमा जोडिनुहुन्छ होला । तर जोडिनका लागि पूँजि चाहिन्छ । त्यो पूँजि राज्यले सहुलियत बयाजमा ऋणस्वरुप उपलब्ध गराउनु पर्छ । राज्यले बनाएको नियममा बाँधिएर उहाँल कम्पनी दर्ता गर्नुभएको छ, डिपोजिट राख्नुभएको छ, धेरथोर कर तिर्नुभएको छ भने आवश्यक परेको बेला राज्यले उहाँहरुलाई सुरक्षित वा संरक्षण गर्नुपर्छ । तत्कालका लागि सोलुशन त्यो हो । राज्यले हामी छौँ भनेर बोलिदिनु पर्ने बेला आइसकेको छ । यदि यसमा अहिले ढिलो गरे पर्यटन व्यवसायी र मजदुरहरु बिस्थापित हुन सक्छन् । यो विषय राज्यलाई अवगत भएकै विषय हो, कोरोना र अहिलेको ओमिक्रोन भेरियन्टको बारेमा । अब मान्छेलाई निषेधाज्ञा नै गरेर, लकडाउन नै गरेर घरमै राखेर त हामी कतै पनि पुग्न सकिन्छ जस्तो लाग्दैन । राज्यले एउटा सबैजना अट्नेगरी एउटा नियम बनाएर त्यसमा हिँडाउन सक्नुपर्छ । फेरि लकडाउन भए आर्थिक अवस्था बिग्रिँदै जान्छ । अर्थतन्त्रमा नकारात्मक असर देखिन्छ । लकडाउन भनेर लकडाउन होइन, त्यसमा नियमअनुसारको आ आफ्नो गतिविधि गर्न पाउने गरी काम गर्न दिनुपर्छ ।’

त्यस्तै एति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोपकार्ड हेरेर मात्रै विमानमा चढ्न दिने भन्ने निर्णय अव्यवहारिक भएको बताउनु भयो । उहाँले सरकारले यो निर्णय निर्णयका लागि मात्रै गरेको भन्दै उहाँले व्यहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताउनु भयो । उहाँले सबै बालबालिकाहरुले कोरोनाबिरुद्धको खोप नलगाइसकेको र नेपालमा पनि पर्याप्त जनसंख्याले खोप नपाएकोले सरकारले गरेको उक्त निर्णय कार्यान्वयनमा लैजान कठीन रहेको बताउनु भयो । प्रवक्ता बर्तौलाले विमानस्थलमा खोपकार्ड लगाएकाहरुलाई मात्र चढ्न दिँदा त्यसको रेकर्ड राख्ने सिस्टम नभएको भन्दै उहाँले सरकारले यस्ता निर्णयलाई सच्याएर सहजतापूर्वक काम गर्ने वातावरण मिलाइदिनु पर्ने बताउनु भयो ।

प्रवक्ता बर्तौलाले भन्नुभयो, ‘सीसीएमसी लगायत जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ । खोपकार्ड हरेर मात्रै बोर्डिङ पास दिने भन्ने । निर्णय त भएको छ । तर व्यवहारमा कार्यान्वयन गर्न अलि गाह्रो छ । अब निर्णयको लागि मात्रै निर्णय हो भने ठिक हो । तर यसलाई राम्रोसँग कार्यान्वयन गर्ने हो भने समस्या पर्न आउँछ । किनभन्दा अहिलेसम्म नेपालीहरु ३५-४० प्रतिशतले मात्रै खोप लगाएका छन् । बाँकी ६५ प्रतिशतले जहाज चढ्न पाउने कि नपाउने ? त्यो अवस्था पनि छ । अर्कोकुरा १८ वर्ष मुनिकाले खोप लगाइसकेको अवस्था छैन । बच्चाहरुलाई चढ्न दिने कि नदिने ? कार्यान्वयन गर्ने हो भने त्यो सबै राम्रोसँग कार्यान्वयन गर्नुपर्छ होइन भने निर्णयको लागि मात्रै गरेर अव्यवहारिक छ । अर्को कुरा एयरपोर्टमा त्यो कार्ड हेरेपछि त्यसको रेकर्ड राख्ने सिस्टम के ? न त्यो कार्डमा कोर्ड नम्बरहरु छ, न नम्बरिङहरु छ, त्यो नम्बरको आधारमा हामीले चढ्न दिनलाई । भोलि कोही मानिसले खोप लगाएको मानिस गएको गएन भनेर हेर्न आयो भने हामीले देखाउन सक्ने प्रमाण केही पनि हुँदैन । त्यसैले यो व्यवहारिक छ जस्तो लाग्दैन । भोलि कार्ड नै नलिइकन कोही आए बोर्डिङ पास दिनुपर्ने अवस्था हुनसक्छ । कि एयरपोर्टको पेरिमिटर भित्र वा एयरपोर्ट भित्रै छिर्न नदिने व्यवस्था मिलाउनुपर्छ । त्यो पनि अलि अव्यवहारिक नै छ । किनभने मोबाइलमा फोटो भए पनि हुन्छ भनेको छ । मैले अरु कसैको फोटो खिचेर देखाए त्यहाँ प्रमाणित गर्ने आधार छैन । यो पूर्ण कार्यान्वयनको लागि अव्यवहारिक छ ।’

त्यस्तै होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताउनु भयो । उहाँले सरकारले विगतमा झैँ यस वर्ष पनि निर्देशन जारी गर्दा अर्थतन्त्रलाई उकास्न कुनै पहल नगरेको बताउनु भयो । उपाध्यक्ष शाहले व्यवसाय टिकाउने कुरामा पनि ध्यान दिनुपर्ने भन्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।

उपाध्यक्ष शाहले भन्नुभयो, ‘विभिन्न भेरियन्टका कारण अवस्था अन्योल छ । पहिलो, दोस्रोपछि होटल, पर्यटन क्षेत्रमा केही हिसावले लयमा आएको थियो । तर ओमिक्रोन आएपछि एकदम अन्योलता छ । मान्छेको आत्मविश्वासको स्तर घटेको छ । रमाइलोको लागि होटल, रेष्टुरेण्ट जाने भन्ने कुरा घट्छ । व्यवसाय नै घट्छ । नियन्त्रणको कुरा मात्रै छ । त्यसले गर्दा झनै गह्रो भएको छ । एउटा के देखिएको छ भने अरु देशको पनि अभ्यास संक्रमण व्याप्त छ । नागरिकको जिउज्यान बचाउनको लागि कर्तव्य सबैको हो । सरकारको कदमलाई हाम्रो साथसहयोग हुन्छ नै । तर सरकारले जुन ३६ बुँदे वा सिडिओ साबहरुले २७ बुँदे विभिन्न निर्देशनहरु आयो त्यसमा नियन्त्रणको कुरा मात्रै छ । रोक्ने कसरी भन्ने कुरा मात्रै छ । सँगसँगै के आउनुपथ्र्यो भने रोजीरोटी, व्यवसाय, जीवनयापन पनि कसरी गर्ने त ? रोग पनि छ भोक पनि छ । सबै कुरा बन्द हुँदा मान्छेले के खान्छ त ? एउटा ठूलो जमात बिहान काम गरेर बेलुका खाने छ । हामी व्यवसायीहरुको आफ्नो दायित्व जीवनयापन कसरी गर्छ भन्ने कुरा सरकारले हेरेकै छैन । कुरा दुईतर्फी हुनुपर्छ । स्वास्थ्यको मापदण्ड पालना गराउनु र यति ठूलो संक्रमण भएको बेलामा नियन्त्रण गर्नु ठिक हो तर त्योसँगै व्यवस्थापनका उपायहरु कसरी गर्ने ? व्यवसाय कसरी टिकाउने कुराहरु सरकारले हेरेकै छैन । आर्थिक गतिविधि कसरी चलायमान बनाउने यो कुरा हाम्रोमा आएन । २०२० मा पनि यस्तै किसिमको थियो र अहिले पनि । आर्थिक क्रियाकलाप कसरी गर्ने भन्ने एउटा समन्वयात्मक कसिमले राष्ट्रिय कार्यदिशा आउनुपर्छ । अहिले राजनीतिको वरिपरि मात्रै देश घुमिरहेको छ ।

आर्थिक क्षेत्रलाई पनि सबल रुपले हेरिदिनुपर्छ । त्यसको लागि सरकारले निजी क्षेत्रको साथ सहयोग लिएर अघि बढ्नुपर्छ । आर्थिक क्षेत्रलाई नजरअन्दाज गरिनुभएन । उपाध्यक्ष शाहले सरकारले आर्थिक क्षेत्रलाई नजरअन्दाज नगरी सँगै लिएर जानुपर्ने बताउनु भयो ।