१९ असार २०८३, शुक्रबार
,
Latest
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा ६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प १२औँ दिन पनि दृष्टिविहीनको आन्दोलन जारी, स्वरोजगार गर्न दिन सरकारसँग माग ठगीको अभियोगमा एक जना पक्राउ मोड्रिकलाई भावुक बिदाइ तनहुँकाे ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी ‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीबीसीको प्रभावशाली महिलाको सूचिमा सपना रोका मगर



अ+ अ-

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का  मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को प्रभावशाली महिलाको सूचिमा  पर्नुभएको छ । म्याग्दीको मंगला गाउँकी सपनाले विनयजंग बस्नेतको  बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र संस्था मार्फत  बेवारिसे शव व्यवस्थापन गर्दै आउनु भएको छ ।

मंगलबार सार्बजनिक गरिएको सन् २०२० का १०० प्रभाबशाली महिलाको सुचिमा सपना संगै  फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत महिलाहरु रहेका छन् । बिगत चार बर्ष देखी बेवारिसे शब व्यबस्थापन गर्दे आउनृु भएकी सपनाले हाल सम्म ३८ वटा शबलाई दागबत्ति दिईसक्नु भएको छ । बिश्वभरका १०० प्रभाबशाली महिलाहरुको सुचिमा परेपछि सपनाले आफुलाई अझै कर्म गर्न हौसला मिलेको बताउनु भयो । उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ –धेरै धेरै धन्यवाद बीबीसी ।

हामिले गरिरहेको काम को कदर गर्दै १०० महिला बाट अहिले नेपाल बाट पनि छनोट गर्दिनु भएको रहेछ र त्यसमा मलाई राखिदिनु भएको रहेछ त्यसमा मलाइ साथ दिनु हुने सम्पूर्ण तपाईं हरु भगवान हरु हो र बिनय जंग बस्नेत बाबा जस्ले मलाई सहि मार्ग मा हिड्न अभिप्रेरित गरिदिनु भयो उहाँ प्रति र हाम्रो टिम  एफएसी , बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सबै प्रति आभार र धेरै धेरै धन्यवाद र सम्पुर्ण  मिडियाकर्मी दाजु दिदी हरु जस्ले हामिले गरेका काम हरुको प्रत्यक्ष बाहिर देखाईदिनु भएको छ र जस्ले गर्दा मलाई अझ धेरै हौसला दिनु भएको छ सबै लाई धेरै धेरै धन्यवाद, सबै प्रति आभारी छु।